८ वैशाख २०८१ शनिबार
समाज

कोशी व्यारेजमा ट्रक खस्दा दुईको मृत्यु, ७ घाइते

इटहरी - कोशी व्यारेजमा ट्रक खस्दा दुई जनाको मृत्यु भएको छ भने  सात जना घाइते भएका छन्।

 ना ४ ख ३५६ नम्बरको ट्रक व्यारेजको १९ र ३० नम्बरको ढोकाको बीचबाट दक्षिणतर्फ नदीमा पल्टिंदा २ जनाको मृत्यु भएको हो। ट्रकमा स्काभेटर लोड गरेर ल्याउँदै गरिएको थियो। मृत्यु हुनेमा सुनसरी वराह क्षेत्र घर हुने ट्रक चालक विनोद रसाइली र स्काभेटर चालक सुनसरी रामधुनीका घनश्याम चौधरी रहेका छन्। उनीहरुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डिएसपी नारायण चिमरियाले बताए।

प्रकाशित: ६ असार २०७५ ०८:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App