७ वैशाख २०८१ शुक्रबार
समाज

बिना कारबाही छाडिए भारतीय स्वास्थ्यकर्मी

लहान – सिरहाको लहान –८ स्थित शिवम मेडिसिन सेन्टरमा सञ्चालित ‘नागेश्वरी चाँदसी दवाखाना’ बाट पक्राउ परेका भारतीय स्वास्थ्यकर्मीलाई बिना कारबाही छाडिएको छ। भारतको कलकत्ता नदियाथाना घुल्ला ग्रामपञ्चायत घर भएका विद्युत रोईलाई प्रहरीले बिना कारबाही छाडेको हो।

बबासिर, भगन्दर, हाइड्रोसील, पिनासको बिना अपरेसन ग्यारेन्टी उपचार गर्ने भन्दै सर्वसाधारणलाई भ्रमित पारी मिहिनौंदेखि गैरकानुनी रूपमा उपचार गर्दै आएको खबर सार्वजनिक भएपछि लहान प्रहरीले उपचारस्थल (शिवम् मेडिसिन सेन्टर) दबाखाना सञ्चालक रोई र र उनका सहयोगी चन्दन विश्वासलाई लहान प्रहरीले पक्राउ गरेको गरेको थियो। तर त्यसको भोलिपल्टै उनीहरूलाई बिना कारबाही छाडिएको हो। विश्वासको घर पनि भारतकै रानाघाट ग्रामपञ्चायत हो।

इलाका प्रहरी कार्यालय लहानका डिएसपी गणेश चन्दले अनुसन्धानका क्रममा यी दुवै निर्दोष देखिएकाले सोमबार दिउँसो छाडिएको बताए। आफूलाई बिएएमएस बताउने रोईलाई सिरहा बन्दिपुरका बिरामी श्रवण यादवलाई उपचार गर्दैगर्दा प्रहरीले पक्राउ गरेको थियो। ‘हाम्रो अनुसन्धानबाट रोई चिकित्सक नदेखिएकाले छाडिदियौं,’ डिएसपी चन्दले भने।

भगन्दर (मलद्वारको घाउ) उपचारका लागि आएका श्रवण यादवले लहान प्रहरीसमक्ष रोईले उपचार गरेको बताएका थिए। उपचार बापत ४३ हजार बुझाएको र बाँकी १७ हजार रुपेैयाँ निको भएपछि बुझाउने गरी रोईले उपचार गरेको यादवले लहान प्रहरीलाई बताएका थिए। ६० हजार रुपैयाँमा रोग निको पारिदिने ग्यारेन्टी गरे पनि एक महिना भैसक्दासमेत आफूलाई बीसको उन्नाइस् नभएको भन्दै यादवले प्रहरीसँग गुनासो गरेका थिए।

एक दिन हिरासतमा राखेर भोलिपल्ट बिना कारबाही छाडिनुले प्रहरी र भारतीय चिकित्सक भनिएका बीच लेनदेन भएको आशंका गरिएको छ।

प्रकाशित: ६ असार २०७५ ०१:३८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App