८ वैशाख २०८१ शनिबार
खेल

रसियाको सनसनीपूर्ण प्रदर्शन, इजिप्टको अर्को चरणमा पुग्ने सम्भावना अत्यन्तै न्यून

रूस – इजिप्टलाई ३–१ ले पराजित गर्दै आयोजक राष्ट्र रूसले विश्वकप फुटबलको इतिहासमा पहिलो पटक अर्को चरणमा प्रवेश गरेको छ। 

योसँगै रूस यो विश्वकपको अर्को चरणमा प्रवेश गर्ने पहिलो टोल बनेको छ। पराजित इजिप्टको भने अर्को चरणमा पुग्ने सम्भावना अत्यन्त न्यून बनेको छ। कजान एरिना रंगशालामा मंगलबार राती सम्पन्न समूह ‘ए’ को खेलमा रूसलाई विजयी गराउन इजिप्टका अहमेद फथीले एक आत्माघाति गोलको उपहार दिए। त्यस्तै अन्य दुई गोल डेनिस चेरिसेभ र एरतेम डिजुवाले गोल गरे पराजित टोलीका लागि मोहम्मद सालाहाले एक गोल फर्काए।  

पहिलो हाफको खेल गोल रहित बराबरीमा सकिएपनि दोस्रो हाफ सुरु भएको दोस्रो मिनेटमा रूसले आत्माघाति गोलको उपहार पायो। रूसका खेलाडीले पोष्टमा प्रहार गरेको बल इजिप्टका फथीको खुट्टामा लागेर जाली चुमेको थियो। त्यस्तै ५९ औं मिनेटमा चेरिसेभले क्रसमा आएको बललाई सजिलै पोष्टको दिशा दिएका थिए। चेरिसेभले गोल गरेको ३ मिनेटमानै डिजुवाले इजिप्टका खेलाडीलाई बिट गर्दै प्रहार गरेको बल गोलमा परिणत भएको थियो।

इजिप्टका लागि भने ७३ औं मिनेटमा सालाहाले गोल गरे। रूसका खेलाडीले सालाहालाई डि बक्समा लडाएपछि पाएको पेनाल्टीमा सालाहाले नै गोल गरे। त्यसपछि निर्धारित तथा थपिएको अतिरिक्त समयमा अन्य गोल नभएपछि रूसको अर्को चरणको ढोका खुलेको हो। खेलअवधिभर इजिप्टले पाएका थुप्रै अवसर गोलमा परिणत गर्न सकेन। 

पहिलो खेलमा उरुग्वेसँग १–० ले पराजित भएको इजिप्टले आजपनि सोचेअनुसारको खेल देखाउन सकेन्। आजको खेलमा च्याम्पियन्स लिगको फाइनलमा घाइते भएका इजिप्टका मोहम्मद सालाह पनि खेलका थिए। तर उनले चमत्कारी खेल देखाउन सकेनन्।  

प्रकाशित: ५ असार २०७५ २०:२८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App