४ वैशाख २०८१ मंगलबार
खेल

खेलाडी बोकेको विमानमा आगलागी

मस्को – साउदी अरेबियाका खेलाडी बोकेको रसियन एयरलायन्सको विमानमा सोमबार अवतरण गर्ने क्रममा आगो लागेको छ।

साउदी अरेबियाका खेलाडी लिएर सेन्ट पिट्सबर्गबाट रोस्तोभ गएको एयरबसको इन्जिनमा आगो लागेको हो । रूसको संघीय एयर ट्राफिक एजेन्सीले मंगलबार विज्ञप्ति जारी गर्दै आगो लागे पनि कुनै आपत्कालीन अवस्था नरहेको जनाएको छ। 

एजेन्सीले अवतरण हुँदा विमानका दुवै इन्जिन सही अवस्थामा रहेको र सबै यात्रु सकुशल रहेको जनाएको छ । उक्त घटनाबारे एजेन्सीले अनुसन्धान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

साउदी अरेबियाको फुटबल संघले उक्त घटनालाई उद्धृत गर्दै सबै खेलाडी सकुशल भएको र सुरक्षित ठाउँमा पुगेको उल्लेख गरेको छ । साउदीका सबै खेलाडी सकुशल छन्।

उनीहरू चढेको विमानको एक इन्जिनमा प्राविधिक गडबडी भएको थियो । अहिले सबै खेलाडीहरू बस्ने स्थानमा सुरक्षित पुगेका छ साउदी अरेबियाको फुटबल संघले जारी गरेको विज्ञप्तिमा भनिएको छ । साउदी अरेबिया रूस विश्वकपको पहिलो खेलमा आयोजक रूससँग ५–० ले पराजित भएको छ।

प्रकाशित: ५ असार २०७५ १९:३३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App