५ वैशाख २०८१ बुधबार
राजनीति

नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गर्छाैं : स्वास्थ्यमन्त्री यादव

वीरगञ्ज– उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मंगलबार वीरगन्जस्थित नारायणी अञ्चल अस्पतालको निरीक्षण गरेका छन्।

निरीक्षणपछि आयोजित समारोहमा बोल्दै मन्त्री यादवले देशकै पुरानो अञ्चल अस्पताल भएपनि समयानुसार आवश्यक भौतिक संरचना र उपकरणहरुको व्यवस्था नहुँदा सेवाप्रवाह प्रभावकारी हुन नसकेकोमा चिन्ता व्यक्त गरे। 

विरामीको बढ्दो चाप, अपर्याप्त जनशक्ति र भौतिक संरचना चुस्तदुरुस्त नहुँदा नारायणी अञ्चल अस्पतालले ब्यहोर्दै आएको समस्याप्रति आफू गम्भीर रहेको पनि स्वास्थ्यमन्त्री यादवको भनाई थियो। मन्त्री यादवले चाँडै नै नारायणी अञ्चल अस्पतालको स्तरोन्नती गरिने पनि जानकारी दिए। 

स्वास्थ्य क्षेत्रमा नयाँ स्वास्थ्य नीति र नयाँ स्वास्थ्य कार्यक्रम तर्जुमा गर्ने तयारी भइरहेको भन्दै मन्त्री यादवले नारायणी अञ्चल अस्पतालबाट थप सेवा सुविधा उपलब्ध गराउन भएकै संरचनालाई व्यवस्थित गर्ने र नयाँ संरचनाहरु खडा गर्नु अपरिहार्य भइसकेको बताए। उनले नारायणी अञ्चल अस्पताल जनसंख्याको चाप अनुसार साँघुरो भएकाले अस्पतालको विकासका लागि वैकल्पिक ठाउँको आवश्यकता पनि औंल्याए। 

स्वास्थ्यमन्त्री यादवले अस्पतालमा भएका सीमित उपकरणहरु र ल्यावका बाबजुद पनि स्वास्थ्यकर्मीहरुले उच्चतम सेवा पु¥याइरहेको भन्दै प्रशंसा गरेका थिए। 

प्रकाशित: ५ असार २०७५ १२:११ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App