५ वैशाख २०८१ बुधबार
स्वास्थ्य

कर्णाली प्रतिष्ठानमा स्नातक कार्यक्रम शुरु

जुम्ला– कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा स्नातक स्तरको ‘ब्याचुलर इन मिडवाई फ्री’ पढाई शुरु हुने भएको छ। नेपाल नर्सिङ काउन्सिलको बोर्ड बैठकले कर्णाली प्रतिष्ठानमा स्नातक स्तरको कार्यक्रम सञ्चालनको लागि स्वीकृति प्रदान गरेसंगै ‘ब्याचुलर इन मिडवाई फ्री’को पढाई गर्ने बाटो खुलेको हो। न्युनतम एक सय शैय्याको अस्पताल भएको प्रतिष्ठानमा ६२ प्रतिशत विरामीको उपस्थिती भइरहेको भन्दै काउन्सिलले स्वीकृति प्रदान गरेको रजिष्ट्रार विश्वराज काफ्लेले जानकारी दिए। पहिलो वर्षमा १० जना विद्यार्थी भर्ना गर्न पाउने गरि कार्यक्रम शुरु भएको हो। 

उनका अनुसार स्त्रीरोग सम्बन्धीको सेवामा सहज पहुँच भएको र पूर्वाधार लगायतका हिसाबले बलियो भएकोले स्नातक स्तरको पढाई शुरु हुने भएको हो। ‘मिडवाई फ्रि पढाईका लागि दुई जना शिक्षक छन्। एक जना शिक्षक थप राख्नुपर्ने अवस्था छ। उनले भने, ‘स्नातक स्तरको कार्यक्रम शुरु भएसंगै कर्णालीवासीमा खुसी छाएको छ।’ 

यसअघि स्नातकस्तरको पढाई गर्न बीर अस्पताल काठमाडौं र धुलिखेल पुग्नुपर्ने बाध्यता थियो। जसका कारणले पढाई खर्च धान्न मुश्किल पथ्र्यो, तर अब कर्णालीमै पढाई शुरु हुने भएपनि विपन्न तर क्षमतावान विद्यार्थीले सहजै पढेर स्वास्थ्य सेवा गर्न पाउने छन्। प्रसुती सेवा अन्तर्गतका सबै विषयमा पढाई हुनेछ। केही वर्षमै जुम्ला प्रसूति रोग विशेषज्ञ जन्माउने कारखानाको रुपमा विकसित हुँदै जाने अपेक्षा स्थानीयले गरेका छन्। 

यसअघि यहाँ स्टाफ नर्स र एचएको पढाई शुरु भइसकेको छ। आगामी वर्षमा एमडिजपि को पढाई सञ्चालन गर्न प्रतिष्ठान तीव्र तयारीमा जुटेको छ। काउन्सिललाई वस्तुगत विवरण तयार गरी विषय विज्ञबाट सुझाव संकलन भइरहेको छ। यो कार्यक्रमले दुर्गम क्षेत्रमा आवश्यक पर्ने विशेषज्ञ आपूर्तिमा सहजता ल्याउने भएको कर्णाली अस्पतालले जानकारी दिएको छ। स्नातक कार्यक्रम शुरु भइसकेपछि उत्पादित जनशक्ति गाउँपालिका र नगरपालिकामा गएर सहजै रुपमा सेवा गर्न सक्ने वातावरण सिर्जना हुनेछ। आमा सुरक्षा कार्यक्रम बलियो हुँदै जाने अपेक्षा लिइएको छ।

भौतिक पूर्वाधार, जग्गा, शिक्षक, संख्या, विरामीको उपस्थिती विवरण र सिनेटमा भएको नीतिगत निर्णय संकलन कार्य अघि बढेको छ। यो कार्यक्रमले कर्णालीको स्वास्थ्यलाई प्रभावकारी बनाउनका मद्दत पुग्ने जानकार बताउँछन्। 

प्रकाशित: ५ असार २०७५ ०९:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App