८ वैशाख २०८१ शनिबार
भिडियो

परिवार खोज्दै रोहिंग्या शरणार्थी (भिडियो)

मोहम्मद करिम।

काठमाडौं– ‘आफ्नो घर परिवरसँग रमादान मनाउनु र यहाँ एक्लै मनाउनुमा आकाश जमिनको अन्तर छ। म्यनमारमा हुँदा मेरा छोरा छोरी, श्रीमती, मेरो आँखा अघि हुन्थे। आफ्नो देशमा हुँदा सजिलै एक पाउ चामलको भात खान्थे। अहिले  त्यसको आधा पनि खान सक्दिन। बच्चाहरुको यादले एकदमै सताउँछ।’ यी बाक्यहरु बोलिरहँदा २७ वर्षे मोहमद करिम एकाएक भावुक भए। रोहिंग्या मुस्लिम समुदायका करिम करिब एक बर्ष अघि नेपाल आएका हुन्।

सैनिक र  अन्य समुदायका  स्थानीय  मिलेर मुस्लिम युवा माथि  आक्रमण गर्न थालेपछि रहिम देश छोडेर भागे। तर चर्को हिंशाका कारण परिवारका अरु सदस्य आँफुसंगै ल्याउन नसकेकोमा उनी दुःखी छन्।

नेपालमा कति रोहिंग्या शरर्णार्थी छन् यकिन गर्न गाहे छ, तर जानकारहरु काठमाडौं लगाएत देशका विभिन्न भागमा करिब पाँच सय रोहिंग्या शरणार्थी हुन सक्ने बताउँछन्। विश्वभरका मुस्लिमले हर्श र उल्लासका साथ इद मनाइरहँदा रहिम जस्तै काठामाडौंको  कपनमा बस्दै आएका रोहिंग्या शरणार्थीहरुको इद भने गरिवी, अभाव र परिवारको सम्झानामा बित्यो।

कपनको  शिविरमा बस्ने प्राय  रोहिंग्या शरणर्थीका परिवारमा वियोगका कथा छन्। करिमका  आमाबुवा, श्रीमती, बच्चा बच्ची सम्पर्कमा नभएजस्तै, अरु धेरैका आफन्ताहरु पनि बङ्लादेशमा शरणार्थी जीवन विताइरहेको उनीहरु बताउँछन्।   

आमा ६ भाइ, ४ बहिनी, भन्जा भान्जि बङ्लादेशमा रहेको बताउने जफर मिया घर परिवारबाट टाडा एक्लै चाड पर्व मनाउँदा निराश छन्।

सन् २०१० देखि म्यानमारमा भड्किएको हिंशामा हजारौ रोहिंग्या मुस्लिमले ज्यान गुमाइसकेका छन्। रोहिन्जा माथिको दमनलाई नरसम्हार भन्दै आएको संयुक्त राष्ट्रि संघीय शरणर्थी नियोगक युएन्एचसिआरका अनुसार २०१७ यता मात्र करिब दश हजार भन्दा मथि रोहिन्जाहरुको ज्यान गएको छ भने करिब सात लाखले देश छाडेका छन्।   

 

 

प्रकाशित: ५ असार २०७५ ०९:१३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App