coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अन्तर्राष्ट्रिय

अन्तरिक्ष सेना बनाउने ट्रम्पकाे घोषणा

वासिंटन - अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखा विस्तारमा अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन् ।

राष्ट्रिय स्पेस काउन्सिलसँगको बैठकमा बोल्दै उनले देशको सुरक्षा र अन्तरिक्षमा अमेरिकाको उपस्थिति थप प्रभावकारी बनाउन याे घोषणा  गरिएकाे बताए ।

अन्तरिक्ष सेना अलग्गै हुने र यसले देशको सुरक्षामात्र नबढाइ रोजगारी र अर्थव्यवस्थामा पनि सुधार आउने अमेरिकी राष्ट्रपतिको दाबी छ। उनले अन्तरिक्षका सम्बन्धमा रुस र चीन जस्ता देशलाई अमेरिकाभन्दा अगाडि बढिरहन दिन नसक्ने बताए ।

राष्ट्रपति ट्रम्पले अमेरिकाकाे फेरि चन्द्रमा पुग्ने र मानिसलाई मंगल ग्रहमा पठाउने याेजना रहेकाे बताए। अमेरिकी राष्ट्रपतिको घोषणाले वैधानिकता पाउनका लागि अमेरिकी कांग्रेसले कानुन पारित गर्न अावश्यक छ।

प्रकाशित: ५ असार २०७५ ०४:२० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App