७ वैशाख २०८१ शुक्रबार
कला

कोइरालालाई नोबेल सम्मान

काठमाडौं –नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘नोबेल साकोस साहित्य प्रतिष्ठान’द्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू शनिबार स्रष्टाहरुलाई प्रदान गर्नुभयो।

सो अवसरमा मधुपर्क मासिकका नायब कार्यकारी सम्पादक तुलसीहरि कोइरालालाई ‘नोवेल साकोस पद्म–दीपा साहित्य सम्मान तथा पुरस्कार’ प्रदान गरिएको थियो ।

यसैगरी अन्य विभिन्न सम्मान तथा पुरस्कार प्राप्त गर्ने स्रष्टाहरूमा– गोरखापत्र संस्थानका पूर्व कार्यकारी अध्यक्ष विजय चालिसे, प्रा. कृष्ण गौतम, हरिप्रसाद सोडारी, गोपीकृष्ण प्रसाईं, श्रीकृष्ण न्यौपाने, लीलाधर पाण्डे र बालप्रतिभा सुधा पाल्पाली हुनुहुन्थ्यो।

सो अवसरमा प्रमुख अतिथि कुलपति उप्रेतीले निजी साहित्यिक संस्थाहरूले यस किसिमका सम्मान र पुरस्कार प्रदान गरेर स्रष्टाको साहित्यिक कर्मको सम्मान गरेको बताए । उक्त कार्यक्रममा उप्रेतीले समालोचक राजन न्यौपानेद्वारा लिखित ‘कृति र प्रवृति’ समालोचना सङ्ग्रह र हरिभक्त सिग्देलको नेपाली भाषाको ‘हनुमान चालिसा’को विमोचन गरेका थिए ।

पुरस्कृत तथा सम्मानित प्रतिभाहरूका बारेमा साहित्यकार युवराज मैनालीले प्रकाश पारेका थिए । प्रतिष्ठानकी अध्यक्ष सरस्वती गौतमको सभापतित्वमा आयोजित कार्यक्रममा पुरस्कृत स्रष्टाहरूका साथै अन्य कविलेसमेत आफ्ना सिर्जना वाचन गरेका थिए ।

प्रकाशित: ५ असार २०७५ ०२:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App