coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

‘मुलुकको सर्वोत्तम हितमा भ्रमण केन्द्रित हुन्छ’

काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासलाई थप गति दिन छिमेकी राष्ट्र चीनको सहयोग आवश्यक रहेकाले आफू त्यहाँको भ्रमणमा जान लागेको जानकारी संघीय संसद्लाई गराएका छन् ।

चीनका प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणमा ओली मंगलबार छदिने भ्रमणका लागि त्यसतर्फ जाँदै छन् । प्र्रतिनिधिसभा र राष्ट्रियसभाका अलगअलग बैठकलाई सोमबार आफ्नो चीन भ्रमणबारे जानकारी गराउँदै प्रधानमन्त्री ओलीले चीनसँग राष्ट्रिय प्राथमिकता र विकासका अजेन्डामा गम्भीर छलफल हुने बताए।

भारतसँग भएका सम्झौताबमोजिम विकासका लक्षण देखापरेको चर्चा गर्दै प्रधानमन्त्री ओलीले अब चीनसँग पनि त्यसैगरी सम्झौता गरेर विकासको गतिलाई थप अघि बढाइने बताए । प्रधानमन्त्री ओलीले गत चैत अन्तिम साता भारतको भ्रमण गरेका थिए । त्यसपछि वैशाख अन्तिम साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमण गरेका थिए ।

दुई देशबीचको सम्बन्ध अझ व्यापक र सुदृढ बनाउन पनि आफू चीन जान लागेको प्रधानमन्त्री ओलीले बताए। चीन भ्रमण क्रममा ओलीले त्यहाँका राष्ट्रपति सी जिन पिङसँग पनि भेट गर्नेछन् । प्रधानमन्त्री ओलीले नेपालमा चिनियाँ लगानी कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने विषयमा त्यहाँका अधिकारीहरूसँग छलफल हुने जानकारी गराए । उनले नेपाल र चीन सीमा क्षेत्रका विषयमा पनि केही कुरा हुने बताए । भ्रमण नेपालको हित र प्राथमिकतामा केन्द्रित हुने जानकारी गराउँदै उनले भने, ‘मेरो भ्रमणमा दुईपक्षीय रुपमा गरिने सम्झौतामा मुलुकको सर्वोत्तम हित र अहिलेको प्राथमिकतालाई ध्यान दिइने छ ।’

विकासका अजेन्डालाई चीन भ्रमणका क्रममा प्राथमिकतामा राखेर छलफल गरिने जानकारी गराउँदै प्रधानमन्त्री ओलीले भने, ‘विकास नै हाम्रो प्राथमिकता हो, यसमा चीनले के कस्तो सहयोग गर्न सक्छ र हामीले हामी के कस्तो सहकार्य गर्न सक्छौं भनेर कुरा राख्ने छुँ ।’ उनलेचीनसँग पारस्परिक हित कायम गरी व्यापारिक हिसाबले फाइदा लिन आवश्यक रहेको बताए ।

‘चीन क्रयशक्ति बढी भएको र सहयोगी भावना भएको देश भएकाले नेपालले त्यसको फाइदा लिनुपर्छ,’ उनले भने, ‘चीनसँगको सम्बन्ध राम्ररी कायम गर्न सक्यौं भने व्यापारिक हिसाबले पनि हामी फाइदा लिन सक्छौं ।’ उनले यसअघि प्रधानमन्त्री हुँदा सन् २०१६ मा आफूले चीनसँग गरेका सम्झौता र संयुक्त वक्तव्यमा उल्लेख भएका विषय कार्यान्वयनमा ल्याउन थप छलफल गर्ने जानकारी गराए ।

ओलीले चीनले नेपालको सार्वभौमिकता, स्वतन्त्रता, भौगोलिक अखण्डताको सम्मान गर्दै आएको तथा नेपाल पनि एक चीन नीतिको पक्षमा रहेको बताए । चिनले ‘वेल्ट एन्ड रोड इनिसेटिभ’ अभियान सुरु गरेको उल्लेख गर्दै ओलीले यस अभियानमा नेपाल सहभागी हुँदा दुई देशको सम्बधन थप बलिायो हुने विश्वास व्यक्त गरे । ‘सहयोग, सहकार्य, संयुक्त लगानी, निजी क्षेत्रको ढाँचामा चीनसँग कुरा हुन्छ’, प्रधानमन्त्री ओलीले भने ।आफूले राष्ट्रपति सी सँग भेट गर्ने जानकारी गराउँदै ओलीले भने, ‘भेटमा नेपाल र चीनबीचको सम्बन्ध थप सुदृढ गर्ने विषयमा कुरा राख्ने छु ।’ नेपाल र चीन रेल र सडक सञ्जाल विषयमा छलफल हुने पनि उनले बताए ।

सन् १९५५ मा नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध भएको थियो । त्यसयता हाम्रो सम्बन्ध प्रगाढ बन्दै अघि बढेको ओलीले बताए ।यसअयिघ ओलीले प्रधानमन्त्रीका रुपमा २०१६ मार्चमा चीन भ्रमण गरेका थिए । त्यो समयमा भएका केही दूरगामी महत्तवका सम्झौता र समझदारीले वर्तमानको यथार्थ र आवश्यकतालाई प्रतिविम्बित गरेको पनि उनले बताए । त्यतिबेला क्रस बोर्डर ट्रान्समिसन लाइनजस्ता विभिन्न सम्झौता भएका थिए ।

यो भ्रमणका बेला दुई देशबीचको कनेक्टिभिटी बढाउने, पारस्परिक सहयोगका क्षेत्रमा के–कसरी मिलेर अघि बढ्न सकिन्छ र निजी क्षेत्रमा लगानी कसरी गर्न सकिन्छ भन्ने विषयमा छलफल हुने जानकारी उनले गराए । मुलुकमा संघीयता नयाँ प्रणाली भएकाले यसलाई प्रभावकारी बनाउन पनि छिमेकीको सहयोग आवश्यक पर्ने उनले बताए । ‘समृद्ध नेपाल र सुखी नेपाली’ अभियान सफल पार्न सुशासन र विकासको बाटोबाट अघि बढ्नुपर्ने उनको भनाइ थियो । उनले भने, ‘अब हामी समय खेर फाल्ने अवस्थामा छैनौं, वादविदादमा अल्झिने छैनौं । १२ वर्षभित्र दिगो विकास लक्ष्य हासिल गर्नुपर्ने अवस्था छ ।’ ओलीले यसै क्रममा अगाडि थपे, ‘सरकार बन्नेबित्तिकै भारत भ्रमणमा गएँ । त्यसबाट विकास क्रममा तीव्रता आएको छ, दुई देशबीच विश्वासको सुदृढ सम्बन्ध बनेको छ ।’ ओलीले भारतीय सीमामा निर्मित संरचनाबाट नेपाली भूमि डुबानमा परेको समस्या समाधान गर्न दुई देशबीचको संयुक्त टोलीले केही दिनभित्र सीमा क्षेत्र अनुगमन गर्ने जानकारी पनि गराए ।

 

प्रकाशित: ५ असार २०७५ ००:२३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App