coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

इजिप्टलाई जित निर्विकल्प

सेन्ट पिट्सबर्ग – स्ट्राइकर मोहम्मद सालाहको आगमनले हौसिएको इजिप्टलाई विश्वकपको अन्तिम १६ मा स्थान पक्का गर्न मंगलबार आयोजक रूसविरुद्धको खेलमा जित निर्विकल्प छ।

सालाह अनुपस्थित पहिलो खेलमा इजिप्ट अन्तिम समयमा सम्हालिन नसक्दा शुक्रबार उरुग्वेलाई १–० को नतिजा सुम्पिन बाध्य भएको थियो । समूह ‘ए’ मा समान ३–३ अंक जोडेका रूस र उरुग्वे क्रमशः पहिलो र दोस्रो स्थानमा छन् । अंकविहीन इजिप्ट र साउदी अरेबिया तेस्रो र चौथो स्थानमा छन्।

मंगलबार रूसलाई नतिजा सुम्पिए हेक्टर कुपरको टोली प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्ने निश्चित प्रायः छ। उरुग्वेविरुद्धको खेलमा आक्रामक रणनीति लिएको इजिप्टले सेन्ट पिट्सबर्ग रंगशालामा पनि त्यही रणनीति दोहोर्याउने अनुमान गरिएको छ। 

जुन पाका उमेरका रक्षापंक्तिका खेलाडीले भरिएको रूसका लागि घातक बन्न सक्छ । प्रतियोगिताको पहिलो खेलमा साउदी अरेबियाविरुद्ध रूसका प्रशिक्षक स्टानिस्लाभ चेर्चेसोभले ३८ वर्षे सेग्री इग्नास्चेभ र ३४ वर्षे युरी जिक्रोभलाई रक्षपंक्तिको जिम्मेवारी दिएका थिए । चेर्चेसोभले दोस्रो खेलमा पनि इग्नास्चेभ र जिक्रोभको जोडीलाई दोहोर्याएमा साालाहले उक्त रक्षापंक्ति सहजै पार गर्न सक्नेछन्।

सालाहा चोटमुक्त भए पनि कुपरले पहिलो खेलमा जोखिम मोल्न चाहेनन् र उनलाई उरुग्वेविरुद्धको खेलमा बेन्चमै राखेका थिए । जसले उनको २६औं जन्मदिन खल्लो बनेको थियो । गत सिजन लिभरपुलबाट ४९ खेलमा ३४ गोल गरेका सालाहको गति रोक्न इग्नास्चेभ र जिक्रोभलाई कठिन बन्न सक्छ। 

दुवै खेलाडी सालाहलाई रोक्न केन्द्रित भए त्यसको फाइदा अर्का स्ट्राइकर मोहम्मद हसनले उठाउन सक्नेछन् । २३ वर्षे हसनले शुक्रबार उरुग्वेका रक्षकलाई कडा चुनौती दिँदै आफ्नो क्षमता प्रमाणित गरेका छन्।

यता पहिलो खेलमा साउदी अरेबियामाथि ५–० को सानदार जितका साथ प्रतियोगितामा सुखद सुरुआत गरेको रूस दोस्रो जितका साथ अन्तिम १६ मा स्थान पक्का गर्न चाहन्छ । तर मिडफिल्डर एलान डाजागोभको अनुपस्थिति भने रूसी टोलीका लागि चिन्ता बन्न सक्छ । डाजागोभ साउदी अरेबियाविरुद्धको खेलको पहिलो खेलमा ह्यामस्ट्रिङको चोटका कारण मैदानबाट बाहिरिएका थिए।
रसियन टिम

गोलकिपरः इगोर आकिनफिभ (सिएसकेए मस्को), भ्लाद्मिर गबुलोभ (क्लब बुर्ग), आन्द्रेय लुनेभ (जेनिट पिटसवर्ग)

रक्षकः भ्लादेमिर ग्रानाट (रुबिन काजान), इल्या कुतेपोभ (स्पार्टाक मस्को), फेदुर कुद्रेशोभ (रुबिन काजान), सेर्गी इग्नाशेभिच (सिएसके मस्को), आन्द्रेय सेमेनोभ (अखमत ग्रोजने), इगोर स्मोलनिकोभ (जेनिट पिटर्सबर्ग), मारियो फर्नान्डेज (सिएसकेए मस्को)

मिडफिल्डरः एलेन ज्यागोएभ (सिएसकेए मस्को), डेनिस चेरीसेभ (भिल्लारियाल), युरी ज्याजनिस्काइ (क्रास्नोदर), एलेक्सेन्डर गोलोभिन (सिएसकेए मस्को), युरी झिरकोभ (जेनिट पिटर्सवर्ग), एलेक्सेन्डर इरोखिन (जेनिट पिटर्सवर्ग), ड्यालर कुज्एभ (जेनिट पिटर्सवर्ग), रोमन जबनिन (स्पार्टाक मस्को), एन्टोन मिरान्चुक (लोकोमोटिभ मस्को), एलेक्जेन्डर सामेदोभ (स्पार्टाक मस्को), एलेक्से मिरान्चुक (लाकोमोटिभ मस्को)

फरवार्डः फेदुर स्मोलोभ (क्रास्नोडर), आर्टेम जयुवा (आर्सनल टुला)

इजिप्टकाे टिम

गोलकिपरः इसम एल हदारी (अल तावुन), मोहम्मद एल–शेनावे (अल अहले), शेफ इक्रमे (अल अहले)

रक्षकः अहमद फथी (अल अहले), साद समिर (अल अहले), यमन अशरफ (अल अहले), मोहम्मद हाम्दे (जामालेक), मोहम्मद अब्देल–शफी (अल फतेह), अहमद हेगाजी (वेस्ट ब्रोम), अली गाबर (वेस्ट ब्रोम), अहमद इलमोहामेदी (एन्टन भिल्ला), ओमार गाबर (लस एन्जल्स)

मिडफिल्डरः मोहम्मद इलने (आर्सनल), टारेक हामेद (जामालेक), अब्दुल्लाह सैद (कुपियन), शिकबाला (अल राइद), साम मोर्से (विगान एथलेटिक), काराबा (अल इतिहाद), मोहमुद हसन (कासिमपासा), रामादन सोभी (स्टोक सिटी), अमर वार्दा (एट्रोमिटोस)

फरवार्डः मोहम्मद सालाह (लिभरपुल), मारवान मोहसेन (अल अहले)

प्रकाशित: ५ असार २०७५ १७:३५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App