८ वैशाख २०८१ शनिबार
समाज

करेन्ट लागेर एकको मृत्यु

विराटनगर – करेन्ट लागेर सोमबार मोरङमा एक जनाको मृत्यु भएको छ। 

मृत्यु हुनेमा लेटाङ नगरपालिका–५ खेरुवाका ५० वर्षीय सूर्य राई रहेका छन्। विद्युतीय खम्बाबाट खेतमा झरेको तारबाट करेन्ट लागेर उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङले जनाएको छ। 

करेन्ट लागेर गम्भीर घाइते भएका उनको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।  (रासस)

प्रकाशित: ४ असार २०७५ १६:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App