coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

पहिलाे हाफमा बलियाे बेल्जियमकाे पानामासँग बराबरी

रसिया - पहिलो पल्ट विश्वकपमा सहभागीता जनाएको पानामाले बलियो बेल्जियमलाई पहिलो हाफमा गोलरहित बराबरीमा रोकेको छ।

चर्चीत तथा अनुभवी खेलाडीले भरिएको बेल्जियमले गोल गर्ने कैयौं प्रयास गरेपनि पहिलो हाफको खेल सकिँदा सम्म पनि खेलमा अग्रता लिन सकेको छैन। फिस्ट रंगशाला सोचीमा जारी खेलमा बेल्जियमले गोल गर्न गरेका  ९ प्रयास मध्ये कुनै पनि सफल हुन सकेनन् । पहिलो हाफको खेल सकिँदा सम्म बेल्जियमका थोमस म्युनियर र पानामाका ईरिक डेभिस र एड्गर बार्सेनाजले पहेँलो कार्ड पाएका छन्।

फिफा विश्वकपको इतिहासमा पानामाले अन्तिम चरणमा सहभागिता जनाउन लागेको यो पहिलो पटक हो। मध्य अमेरिकाको सानो देशले विश्वकपको नियमित सहभागी अमेरिकालाई निराश पार्दै अक्टोबरमा रूस यात्राको टिकट काटेको थियो।

विश्वकपको इतिहासमा बेल्जियम सबभन्दा पुरानो १३ मध्येको एक टिम हो। १९३० मा उरुग्वेले पहिलो पटक विश्वकप आयोजना गर्दा सहभागीमध्येको एक भए पनि बेल्जियमको उपस्थितिले अन्तर्रा्ष्ट्रिय फुटबलमा प्रभाव जमाउन थालेको धेरै भएको छैन। युरोपेली छनोटअन्तर्गत समूह ‘एच’बाट शीर्ष टोलीको रूपमा रूसको टिकट पक्का गर्दा बेल्जियमले एउटै हार सामना गर्नुपरेन। समूहका १० मध्ये ९ खेलमा जित हासिल गरेको टोली ग्रिससँगको एउटा खेलमा १–१ को बराबरी नतिजामा सीमित हुँदा शतप्रतिशत नतिजाबाट वञ्चित भएको थियो।

प्रकाशित: ४ असार २०७५ १५:५५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App