coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

हाडनाताका बलात्कारीलाई १५ वर्ष कैद

धादिङ- गर्भवती एक किशोरीलाई बलात्कार गर्ने बेनिघाट रोराङ गाउँपालिका – ५ का २० वर्षीय कपिल सुनार विकलार्ई जिल्ला अदालतले आज १५ वर्ष कैद गरी दोषीबाट रु २५ हजार क्षतिपूर्ति भराउन आदेश दिएको छ। 

किशोरीलाई रु दुई लाख ५० हजार तत्काल क्षतिपूर्ति भराइदिन महिला तथा बालबालिका कार्यालयलाई पनि जिल्ला न्यायाधीश उमेश कोइरालाको इजलासले आदेश दिएको छ। अभियुक्त विकले गत साल चैत २५ गते पछिल्लो तीन पुस्ताभित्रकी किशोरी बलात्कार गरेपछि प्रहरीले जाहेरीका आधारमा गत जेठ १ गते गिरफ्तार गरेको थियो। 

दोषीलाई जबर्जस्ती करणीमा सात वर्ष, गर्भवतीलाई करणी गरेकामा थप पाँच वर्ष र हाडनातामा करणी गरेकामा थप तीन वर्ष सजायँ गर्ने फैसला भएको छ । जिल्ला अदालतमा गत जेठ २२ गते दर्ता भएको मुद्दा निरन्तर सुनुवाइ गरी १३ दिनपछि साेमबार फैसला गरिएको जिल्ला अदालतका स्रेस्तेदार उदयराज काफ्लेले बताए। 

पीडित पक्षलाई न्यायको अनभूति हुने गरी अपराधीले पीडितलाई अत्यावश्यक क्षतिपूर्ति तिर्न नसक्ने अवस्थामा राज्य नै अभिभावक भएकाले महिला कार्यालयबाट क्षतिपूर्ति भराउन आदेश गरिएको सहायक जिल्ला न्यायाधिवक्ता पौडेलले बताए। 

प्रकाशित: ४ असार २०७५ १५:३२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App