coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भिएआर प्रविधिले स्विडेन भाग्यमानी, दक्षिण कोरिया पराजित

गाेल गरेपछि स्विडेनका एन्ड्रियस ग्रयानभिस्ट।

रूस – फिफा विश्वक फुटबल २०१८ अन्र्तगत सोमबारको पहिलो खेलमा स्विडेनले एसियाली मुलुक दक्षिण कोरियालाई पराजित गरेको छ।

रूसको निज्नी नोभगोरोड रंगशालामा केहि समय अघि सम्पन्न खेलमा स्विडेनले कोरियालाई १–० ले पराजित गरेको हो। स्विडेनका लागि खेलको ६५ औं मिनेटमा एन्ड्रियस ग्रयानभिस्टले पेनाल्टीमार्फत गोल गरे। कोरियाका खेलाडीले स्विडेनका खेलाडीलाई डि बक्स भित्र लडाएपछि भिडियो एसिस्टेन्ट रेफ्री (भिएआर)को सहायतामा रेफ्रीले पेनाल्टी दिएका थिए।

स्विडेनले १२ वर्षपछि विश्वकपमा गोल गरेको हो। कोरियाको तुलनामा स्विडेनले खेलमा बलियो पकड बनाएपनि पाएका थुप्रै अवसरहरूलाई सदुपयोग भने गर्न सकेन। स्विडेनले खेलमा ५६ प्रतिशत बल पोजेसन आफ्नो पक्षमा राखेपनि अन्य गोल गर्न भने सकेन। स्विडेनका खेलाडीले पाएका केहि सुन्दर अवसरलाई कोरियन गोलरक्षक चो ह्युन वो र रक्षापंक्तिले विफल तुल्याइदिएका थिए। यता कोरियाले पाएका केहि सुन्दर अवसरलाई सदुुपयोग  गर्न सकेन। 

खेलअवधिभर कोरियाली २ र स्विडेनका १ खेलाडीले पहेलो कार्ड प्राप्त गर्दा कोरियाले २२ र स्विडेनले १९ वटा फउल गरेका थिए। त्यस्तै स्विडेनले १५ र कोरियाले ५ पटक विपक्षिको पोस्टमा धावा बोलेका थिए। इब्राहिभोभिचको अनुपस्थितीमा स्विडेनले राम्रो खेल्न नसक्ने धेरैको अनुमानलाई अनय खेलाडीले गलत सावित गरिदिएका छन्।

सन् २०१६ को युरोपियन च्याम्पियनसिपपछि इब्राहिभोभिचले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेपछि स्विडेनको टोली संकटमा पर्ने अनुमान गरिएको थियो। १९९४ को विश्वकपमा स्विडेनले तेश्रो स्थान हात पारेको थियो। यो स्विडेनको विश्वकपमा अहिलेसम्मकै ठुलो उपलब्धि हो।  

सन् २००६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको स्विडेन युरोपेली छनोटको समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको थियो। स्विडेनले प्लेअफमा इटालीलाई १–० ले निराश पार्दै रूस विश्वकपको टिकट काटेको हो।

सन् २००२ मा घरेलु मैदानमा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको दक्षिण कोरिया सन् २००६ को जर्मनी विश्वकपमा भने समूहचरणबाटै बाहिरिएको थियो। त्यस्तै सन् २०१० मा अन्तिम १६ सम्मको यात्रा पक्का गरेको एसियाली टोली सन् २०१४ को विश्वकपमा भने जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको थियो।

प्रकाशित: ४ असार २०७५ १३:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App