७ वैशाख २०८१ शुक्रबार
खेल

पहिलाे हाफ : स्विडेन र दक्षिण काेरियाकाे बराबरी

रसिया - रसिया स्थित निज्नी नोभगोरोड रङ्गशालामा जारी दक्षिण कोरिया र स्विडेनबीचको पहिलो हाफ गोल रहित बराबरीमा टुङ्गीएको छ। निकै प्रतिष्पर्धात्मक रुपमा अघी बढिरहेको खेलमा दुवै टोलीका लागी गोल गर्ने केहि सुवर्ण अवसरहरु प्राप्त भएपनि गोल भने हुन सकेन।

कोरियाको तुलनामा स्विडेनले खेलमा बलियो पकड बनाएपनि पाएका थुप्रै अवसरहरुलाई कोरियन गोल रक्षक चो ह्युन वो र रक्षापंक्तिले विफल तुल्याइदिएका छन्। खेलको १२ औ मिनेटमा कोरियाका किम सिन वकले खराब फल गरेका कारण पहेँलो कार्ड पाएका छन्। यस्तै कोरियाले पहिलो हाफमै खेलाडी परिवर्तन गरेको छ। कोरियाका पार्क जोहो घाईते हुँदा उनको स्थानमा किम मिन्वो आएका छन्।

अाजको खेलमा इब्राहिभोभिचको अनुपस्थितीमा स्विडेनले राम्रो खेल्न नसक्ने धेरैको अनुमानलाई खेलका दौरान स्विडेनले गलत सावित गरिदिएको छ। सन् २०१६ को युरोपियन च्याम्पियनसिपपछि इब्राहिभोभिचले अन्तर्रा्ष्ट्रिय फुटबलबाट संन्यास घोषणा गरेपछि स्विडेनको टोली संकटमा पर्ने अनुमान गरिएको थियो।

१९९४ को विश्वकपमा स्विडेनले तेश्रो स्थान हात पारेको थियो । यो स्विडेनको विश्वकपमा अहिलेसम्मकै ठुलो उपलब्धि हो।  
सन् २००६ पछि पहिलो पटक विश्वकपमा छनोट भएको स्विडेन युरोपेली छनोटको समूह ‘ए’ को दोस्रो स्थानमा रहँदै प्लेअफमा स्थान पक्का गरेको थियो। स्विडेनले प्लेअफमा इटालीलाई १–० ले निराश पार्दै रूस विश्वकपको टिकट काटेको हो।

सन् २००२ मा घरेलु मैदानमा सम्पन्न विश्वकपमा सेमिफाइनलसम्मको यात्रा तय गरेको दक्षिण कोरिया सन् २००६ को जर्मनी विश्वकपमा भने समूहचरणबाटै बाहिरिएको थियो । त्यस्तै सन् २०१० मा अन्तिम १६ सम्मको यात्रा पक्का गरेको एसियाली टोली सन् २०१४ को विश्वकपमा भने जितविहीन बन्दै प्रतियोगिताबाट बाहिरिएको थियो।
 

प्रकाशित: ४ असार २०७५ १३:०१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App