८ वैशाख २०८१ शनिबार
समाज

बस दुर्घटनाका घाइतेलाई उपचारका लागि सहयोग

पाल्पा – जेठ १८ गते पाल्पाको हुमिनमा भएको बस दुर्घटनाका घाइतेको उपचारका लागि आनन्द बचत तथा ऋण सहकारी संस्थाले ७५ हजार रकम सहयोग गरेको छ।

सहकारी कार्यशालाका लागि रामपुर जाँदै गरेको लक्ष्मी बचत तथा ऋण सहकारी संस्थाका व्यक्तिहरू सवार बस रम्भा गाउँपालिका–४, हुमिनमा दुर्घटना हुँदा १४ जनाको मृत्यु र ९ जना घाइते भएका थिए। 

बस दुर्घटनापछि घाइतेको उपचारमा सरकार, बस व्यवसायी र प्रशासनले ठोस कदम नचालेको भन्दै सहयोग गरिएको आनन्द बचतका अध्यक्ष सर्जुलाल बज्राचार्यले बताए। उनी भन्छन्, ‘सहकारीकर्मीहरूको दुःखद निधन भयो। भाईचारामा वृद्धि गराउन र उपचार सहयोग होस् भनेर सानो रकम प्रदान गरेका छौं। घाइतेको उपचार सरकार वा समितिले गर्नुपर्छ।’

सहयोग रकम वापतको चेक ग्रहण गर्दै लक्ष्मी बचतका निवर्तमान अध्यक्ष हरी रायमाझिले सिन्डिकेटको अन्त्य भन्दै सरकारले व्यवसायीलाई जिम्मेवारीबाट पन्छिने अवसर दिएको जस्तो आभाष भएको बताए। ‘अहिले पनि तीन जना घाइतेहरू ग्रान्डीमा उपचाररत हुनुहुन्छ। व्यवसायीले बढीमा ३ लाख रुपैयाँ बिल भर्पाइका आधारमा घाइतेलाई दिने भनेको छ। १० लाख रुपैयाँ बढी खर्च भैसक्यो,’रायमाझिले भने, ‘टिप शुल्क काटेर समितिले चलाएको गाडी नै दुर्घटना भएको हो। जिम्मेवारी सरकार वा व्यवसायी कसले लिने हो ?’

दुर्घटनामा परि लक्ष्मी सहकारीका अध्यक्ष बिष्णुमान बज्राचार्य, उपाध्यक्ष छेत्रमान शाक्य, सचिव कृष्णमान बज्राचार्य, लेखा समिति संयोजक देवेन्द्रलाल प्रधान, शिक्षा संयोजक सचिन बज्राचार्य सहित कार्यसमिति सदस्य, कर्मचारी तथा डिभिजन सहकारीका प्रमुख कृष्णबहादुर बोहोराको मृत्यु भएको थियो। 

प्रकाशित: ४ असार २०७५ १२:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App