७ वैशाख २०८१ शुक्रबार
समाज

छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु

काठमाडौं - काठमाडौंमा सोमबार भएका छुट्टाछुट्टै दुर्घटनामा दुई जनाको ज्यान गएकाे छ।
कठमाडौं - ५ हाडीगाँउमा बा ८ च ७१२१ नम्बरको सुजुकी कारले पैदलयात्री सप्तरी राजबिराज घर भएका २८ वर्षीय बुद्ध राईलाई सोमबार ठक्कर दिँदा गम्भीर घाइते भएका उनको  उपचारको क्रममा हेल्पिङ हेण्ड अस्पताल चाबहिलमा ज्यान गएको हो।

यस्तै सोमबारनै  काठमाडौं - ९ बत्तीसपुतलीमा बा २ ख ४६३८ नम्बरको बसले परिचय नखुलेकी एक महिलालाई ठक्कर दिँदा उपचारकै क्रममा काठमाडौं मेडिकल अस्पताल सिनामंगलमा ज्यान गएको प्रहरीले जानकारी दिएको छ। बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

प्रकाशित: ४ असार २०७५ ११:४७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App