coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
अर्थ

सिंचाई सुविधा नहुँदा तरकारी उत्पादनमा कमी

संकलन केन्द्रमा ल्याएका तरकारी।

डडेल्धुरा – डडेल्धुरामा तरकारी उत्पादनमा यस वर्ष कमी आएको छ। पर्याप्त सिंचाईको सुविधा नहुनु तथा असिना परेपछि तरकारी उत्पादनमा कमी आएको कृषकको भनाई छ। 

तरकारी उत्पादनमा यस वर्ष झण्डै ५० प्रतिशतले कमी आएको अमरगढी नगरपालिका १ बन्डमा व्यवसायिक रुपमा तरकारी खेती गर्दै आएका किसानले बताए। तरकारी खेतीमा गत वर्ष भन्दा यस वर्ष प्रधानमन्त्री कृषि आधुनिकिकरण लगायत अमरगढी कृषि शाखाले लगानी बढाएपनि सिंचाईको पर्याप्त सुविधा नहुँदा उत्पादनमा कमी आएको कृषक टिकेश्वरी देवि ऐरले बताइन्। टमाटर लगायतका अन्य तरकारी प्रसस्त मात्रामा फलाउथ्यौं सिंचाईको समस्या छ, उनले भनिन, ७० कुण्टल भन्दा बढी फल्थ्यो यस वर्ष भने सिंचाई अभावका कारण टमाटरमा किरा लागेर उत्पादन थोरै छ। 

स्थानीय कृषक कल्पना बोहराले पानीको समस्याका कारण यस वर्ष सोचेको भन्दा कम तरकारी मात्रै फल्दा घाटा भएको सुनाइन्। यस वर्ष परेको असिनाले टमाटर खेतीमा निकै क्षती भयो, उनले भनिन, टमार सानो दानाको छ भने त्यसमा पनि दाग देखिएकाले ६० कुण्टल फल्नु पर्नेमा ३० कुण्टल पनि निस्केन। 

तरकारी उत्पादनमा कमी आएपछि शसहत्रिलिंग ताजा तरकारी उत्पादन महिला समूहका कृषकले स्थानीय सरकरसँग सिंचाईको माग गरेका छन। गत वर्ष सवा करोड बढीको तरकारी निर्यात गरिएको बताउँदै  संकलन केन्द्र सञ्चालन गर्दै आएका कृषक ईन्द्र बहादुर ऐरले यस वर्ष भने एक करोडको तरकारी पनि निर्यात गर्न नसकेको बताए।

तर पनि अहिले महिला समूह लगायत अन्य स्थानको तरकारी संकलन गरी दैनिक रुपमा एक सय कुण्टल जती तरकारी निर्यात गरिरहेको उनले बताए। उनले भने, संकलन केन्द्रमा अहिले प्राय टमाटर, काउली, मुला, सिमला लगायतका अन्य तरकारी पनि आउने गरेको छ।

संकलन भएको तरीकारी कैलाली, कञ्चनपुर लगायत सात नं. प्रदेशका पहाडी जिल्लाहरूमा पनि पठाउने गरेको उनले बताए। प्रधानमन्त्री कृषि आधुनिकिकरणले महिला समूहलाई ब्लक बनाई तरकारी बीउ अनुदानसँगै तरकारी ओसार पसारका लागि गाडी खरिदमा १४ लाख अनुदान दिएकोे थियो। 

प्रकाशित: ४ असार २०७५ ११:१३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App