८ वैशाख २०८१ शनिबार
राजनीति

गोला प्रथामा कांग्रेस र राजपा ठगिए: कसकोअवधि कति? (सूचीसहित)

तस्बिर: दिपेश श्रेष्ठ

काठमाडौं– राष्ट्रिय सभाका कुल ५९ सदस्य मध्ये कसको कार्यकाल कति वर्षको हुने भन्ने आज गोला प्रथाबाट तय भएको छ । गोला प्रथामा नेपाली कांग्रेस र राष्ट्रिय जनता पार्टी ठगिएका छन् । नेपाली कांग्रेसका  १३ जना मध्ये ७ जना सांसद २ वर्षे अवधिमा परेका छन् । कांग्रेसका २ जना ४ वर्षे र ४ जना ६ वर्षे अवधिमा परेका छन् ।

स्थायी सदनको रुपमा राष्ट्रिय सभा रहेकाले हरेक दुई वर्षमा एक तिहाई सदस्य बाहिरिने र भित्रिने प्रावधान छ । जुन जुन वर्ग वा क्षेत्रको प्रतिनिधित्व गरेका सदस्य हुन् सोही अनुसारको निर्वाचन वा मनोनयन हुनेछ । यो आरम्भ वर्ष भएकाले सबैको अवधि तोकिएको हो ।

दुई सदस्य रहेको राजपाका दुवै जना २ वर्षे अवधिमा परेका छन् । संघीय समाजवादी फोरमका दुई जना मध्ये एक जना २ वर्षे र अर्का एकजना ६ वर्षे अवधिमा परेका छन् ।

तत्कालिन नेकपा एमालेका २७ सदस्य मध्ये जम्मा ४ जना मात्रै दुई वर्षे कार्यकालमा परेका छन् । उसका १३ जना सदस्य ४ वर्षे र १० जना ६ वर्षे अवधिमा परेका छन् । १२ सदस्य रहेको तत्कालिन नेकपा माओवादी केन्द्रका चार जना ४ वर्षे र चार जना ६ वर्षे अवधिमा परेका छन् । अहिले एमाले र माओवादी केन्द्र एकीकृत भइ नेपाल कम्युनिष्ट पार्टी नेकपा बनेको छ। मनोनित ३ जना समेत यही पार्टीका रहेकाले कुल ४२ मध्ये ९ जना २ वर्षे, १८ जना ४ वर्षे र १५ जना ६ वर्षे अवधिमा परेका छन्।

कुल ५९ सदस्य मध्ये दुई वर्षे अवधिका लागि १९, चार वर्षे  र ६ वर्षे अवधिका लागि बीस बीस जना छनोट भएका छन् । मनोनित मध्ये अहिलेका अर्थमन्त्री डा. युवराज खतिवडा २ वर्ष, रामनारायण विडारी ४ वर्ष र डा. विमला पौडेल ६ वर्षे अवधिमा परेका छन्।

स्थायी सदनको रुपमा राष्ट्रिय सभा रहेकाले हरेक दुई वर्षमा एक तिहाई सदस्य बाहिरिने र भित्रिने प्रावधान छ । जुन जुन वर्ग वा क्षेत्रको प्रतिनिधित्व गरेका सदस्य हुन् सोही अनुसारको निर्वाचन वा मनोनयन हुनेछ । यो आरम्भ वर्ष भएकाले सबैको अवधि तोकिएको हो ।

राष्ट्रिय सभाका सदस्यहरुको कस्को अवधि कति?
१. अगमप्रसाद वान्तवा राई प्रदेश १ नेकपा एमाले ४ वर्ष
२. अनिता देवकोटा प्रदेश ५ नेपाली कांग्रेस ६ वर्ष
३. इन्दु कडरिया प्रदेश ७ नेकपा एमाले ६ वर्ष
४. उदया शर्मा पौडेल प्रदेश ३ नेकपा एमाले ४ वर्ष
५. कमलाकुमारी ओली प्रदेश ७ नेकपा एमाले २ वर्ष
६. कविता वोगटी प्रदेश ६ नेकपा एमाले ४ वर्ष
७. कालिबहादुर मल्ल प्रदेश ६ नेकपा माके २ वर्ष
८. कोमल ओली नेकपा प्रदेश ५ नेकपा एमाले ४ वर्ष
९. खिमकुमार विक प्रदेश ४ नेकपा माके ४ वर्ष
१०. खिमलाल भट्टराई प्रदेश ५ नेकपा एमाले ६ वर्ष
११. खेमराज नेपाली प्रदेश १ नेकपा एमाले २ वर्ष
१२. गणेशप्रसाद तिमिल्सिना प्रदेश ४ नेकपा एमाले ६ वर्ष
१३. चक्रप्रसाद स्नेही प्रदेश ७ नेकपा एमाले ४ वर्ष
१४. चन्द्रबहादुर खड्का प्रदेश ५ नेकपा एमाले ४ वर्ष
१५. जितेन्द्र नारायण देव प्रदेश २ नेपाली कांग्रेस ६ वर्ष
१६. जीवन बुढा प्रदेश ६ नेकपा माके ४ वर्ष
१७. ठगेन्द्र प्रकाश पुरी प्रदेश ६ नेकपा एमाले ४ वर्ष
१८. तारादेवी भट्ट प्रदेश ७ नेपाली  कांग्रेस ४ वर्ष
१९. दिनानाथ शर्मा, प्रदेश ४, नेकपा माके, ४ वर्ष
२०. दिपा गुरुङ प्रदेश ४ नेकपा एमाले ६ वर्ष
२१. दीलकुमारी रावल थापा (पार्वती) प्रदेश ३ नेकपा एमाले ६ वर्ष
२२. दुर्गाप्रसाद उपाध्याय प्रदेश ५ नेपाली कांग्रेस २ वर्ष
२३. धनकुमारी खतिवडा प्रदेश ३ नेपाली कांग्रेस २ वर्ष
२४. नन्दा चपाई प्रदेश ६ नेकपा एमाले ६ वर्ष
२५. नरपति लुवार प्रदेश ६ नेकपा एमाले ६ वर्ष
२६. नैनकला ओझा प्रदेश १ नेकपा एमाले ४ वर्ष
२७. परशुराममेघी गुरुङ प्रदेश १ नेकपा एमाले ४ वर्ष
२८. प्रकाश पन्थ प्रदेश ४ नेपाली कांग्रेस ६ वर्ष
२९. प्रमिला कुमारी प्रदेश २ संघीय समाजवादी फोरम नेपाल ६ वर्ष
३०. बद्रीप्रसाद पाण्डे प्रदेश ७ नेका २ वर्ष
३१. भैरव सुन्दर श्रेष्ठ प्रदेश ६ नेकपा एमाले ६ वर्ष
३२. महेश कुमार महरा प्रदेश ७ नेकपा माके ६ वर्ष
३३. मिना बुढा प्रदेश ५ नेकपा एमाले २ वर्ष
३४. मुक्ताकुमारी यादव प्रदेश २ नेपाली कांग्रेस २ वर्ष
३५. युटोल तामाङ प्रदेश ६ नेकपा माके २ वर्ष
३६. डा. युवराज खतिवडा मनोनित २ वर्ष
३७. रमेश प्रसाद यादव प्रदेश २ राजपा नेपाल २ वर्ष
३८. रमेशजंग रायमाझी प्रदेश १ नेपाली कांग्रेस ६ वर्ष
३९. राजकुमार कुबर प्रदेश ५ नेकपा माके २ वर्ष
४०. राधेश्याम अधिकारी प्रदेश ३ नेपाली कांग्रेस ४ वर्ष
४१. रामचन्द्र राई प्रदेश ३ नेकपा एमाले ६ वर्ष
४२. रामनारायण विडारी  मनोनित ४ वर्ष
४३. रामपृत पासवान प्रदेश २ संघीय समाजवादी फोरम नेपाल २ वर्ष
४४. रामलखन चमार प्रदेश ५ नेकपा एमाले ४ वर्ष
४५. रामबहादुर थापा मगर प्रदेश ३ नेकपा माके ६ वर्ष
४६. बलराम प्रसाद बाँस्कोटा प्रदेश ३ नेकपा एमाले २ वर्ष
४७. विना पोखरेल प्रदेश १ नेकपा माके ६ वर्ष
४८. विन्दा देवी आले (राना) प्रदेश ४ नेपाली कांग्रेस २ वर्ष
४९. डा. विमला पौडेल मनोनित ६ वर्ष
५०. वृषेश चन्द्र लाल प्रदेश २ राजपा नेपाल २ वर्ष
५१. शशिकला दाहाल प्रदेश २ नेकपा माके ४ वर्ष
५२. शान्ती कुमारी अधिकारी जि.सी.प्रदेश ४ नेकपा एमाले ४ वर्ष
५३. शेर बहादुर कुँवर प्रदेश ७ नेकपा एमाले ४ वर्ष
५४. सरिता प्रसाई प्रदेश १ नेपाली कांग्रेस २ वर्ष
५५. सिंग बहादुर विश्वकर्मा प्रदेश ३ नेकपा एमाले ६ वर्ष
५६. सुमनराज प्याकुरेल प्रदेश २ नेकपा एमाले  ४ वर्ष
५७. सुरेन्द्रराज पाण्डे प्रदेश ४ नेपाली कांग्रेस २ वर्ष
५८. हरिचरण शिवाकोटी प्रदेश १ नेकपा एमाले २ वर्ष
५९. हरिराम चौधरी प्रदेश ७ नेकपा माके ६ वर्ष

प्रकाशित: ४ असार २०७५ ०९:०८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App