८ वैशाख २०८१ शनिबार
समाज

यार्सा टिप्न अाएका मगरकाे हत्या

डोल्पा– डोल्पाको हिमाली यार्सापाटनमा एक जनाको घाँटी रेटेर हत्या गरिएको छ । डोल्पो बुद्ध गाउँपालिकाको किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको गएराति ९ बजेतिर घाँटी रेटेर हत्या गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ । मगर चनौटामा बस्दै आएका थिए । उनी हरेक वर्ष यार्सा टिप्न यहाँ आउने गर्थे । 

मृतक कर्ण पुनमगरका साथमा ७०–७५ हजार नगद भेटिएको र उनी बस्ने पालभन्दा २५–३० मिटरमा कुनै पाल नरहेको डीएसपी शर्माले जानकारी दिए । शर्माले हत्याबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिए । 

मगरको शव जिल्ला सदरमुकाम पु¥याउन एक हप्ता लाग्ने प्रहरीले जनाएको छ । त्यसपश्चात् पोस्टमार्टम गरेर आफन्तलाई बुझाउने शर्माले जानकारी दिए । 

प्रकाशित: ४ असार २०७५ ०५:५३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App