७ वैशाख २०८१ शुक्रबार
कला

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडौं ’

काठमाडौं – हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा बिमोचन गरिएको छ । पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे गाउँ, योगका साथै स्वास्थ्य टिप्स समेटिएको छ।  

प्रकाशक हिमालयन म्याप हाउसले शनिबार आयोजना गरेको कार्यक्रममा नेपाल पर्यटन बोर्डका सिइओ दिपकराज जोशी, प्रकृतिप्रेमी समूहका संस्थापक डा. उमेश श्रेष्ठ, समूहका अध्यक्ष रमेश चित्रकार, म्याप हाउसका निर्देशक पवन शाक्य र पुस्तक लेखिका रामदेवी महर्जनले संयुक्त रुपमा विमोचन गरेका हुन्।

नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रमका वक्ताहरूले महर्जनको पुस्तक हाइकिङ पर्यटन प्रवर्द्धनमा कोशेढुँगा हुने विश्वास व्यक्त गरे । पुस्तकले हाइकिङ गन्तव्यको चिनारी दिनुका साथै हाइकिङ गर्नसमेत सिकाउँछ ।   ‘हाइकिङको पुस्तक आवश्यक भएका बेला यो पुस्तक प्रकाशित भएको छ’, विमोचन कार्यक्रमका प्रमुख अतिथि बोर्डका सिइओ जोशीले भने, ‘नेपालको पर्यटन इतिहासमा यो एउटा ठूलो उपलब्धी हो।’

पुस्तककी लेखक महर्जन प्रकृतिप्रेमी समूहकी सदस्य हुन् । समूहले हरेक महिनाको चौंथो शनिबार काठमाडौं सेरोफेरोमा स्वस्थ्यबर्धक हाइकिङ गराउँदै आएको छ । ‘हाइकिङ काठमाडौं पुस्तकले हाइकिङ गर्न मात्रै होइन, स्वस्थ रहन पनि सिकाउँछ’, समूहका संस्थापक डा. श्रेष्ठले भने।

कार्यक्रममा समूहका अध्यक्ष चित्रकार, उपाध्यक्ष पुरेन्द्रविक्रम लाखे र पत्रकार अमृत भादगाउँलेले ‘हाइकिङ काठमाडौं’ हाइकर्सको हाते किताब हुने विश्वास व्यक्त गरे । प्रकाशकले छिट्टै हाइकिङ काठमाडौंको अंग्रेजी संस्करण प्रकाशन गर्ने जनाएको छ ।    
 

प्रकाशित: ४ असार २०७५ ०३:५० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App