६ वैशाख २०८१ बिहीबार
अर्थ

प्रभु समूहको प्रभु टेलिभिजन सार्वजनिक

काठमाडौं– प्रभु समूहले आइतबारबाट नेपालमा नयाँ प्रविधिको डिजिटल टेलिभिजन सार्वजनिक गरेको छ । सो समूहले डिजिटल टेरेस्टेरियल टेलिभिजन (डिभिबी) प्रविधिमार्फत प्रभु टिभी सञ्चालनमा ल्याएको जनाएको छ।

प्रभु टिभीले सार्क मुलुकमै पहिलोपटक डिभिबी–टी२ प्रविधिको टेलिभिजन सञ्चालनमा ल्याइएको प्रभु समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले बताएको कम्पनीले जनाएको छ ।यसैगरी, प्रभु टिभीलाई एपमार्फत ओभर दी टफ (ओटिटी) प्रविधिमा आधारित भएर पनि हेर्न सकिनेछ । एप डाउनलोड गरी मोबाइल वा ट्याबमार्फत सहजै टेलिभिजन हेर्न सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

कम्पनीले उक्त टिभी हेर्न एकल प्रयोगकर्ताले ६ महिनाको १६ सय रुपैयाँ शुल्क र हजार रुपैयाँ सेटअप बक्सको तिर्नुपर्ने जनाएको छ । संस्थागत प्रयोगकर्ताको हकमा भने मासिक दुई सय रुपैयाँ र सेटअप बक्सको आठ सय रुपैयाँ तिर्नुपर्ने हुन्छ । हाल प्रभु टिभीले ५० ओटा च्यानलमार्फत मुख्य तीनवटा सहरमा सेवा सुरु गरेको छ ।यसमा २७ वटा एचडी च्यानल छन् । दसैंभित्रमा सयदेखि १ सय २० वटा च्यानल प्रदान गरिने समेत भट्टचनले जानकारी दिए । जसमा ५० वटा एचडी च्यानल हुने उनको दाबी थियो । प्रभु टेलिभिजनले काठमाडौं, पोखरा र चितवनबाट यो सेवाको सुरु गरेको जनाएको छ ।

प्रकाशित: ४ असार २०७५ ०१:२० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App