८ वैशाख २०८१ शनिबार
राजनीति

अझै गठन भएन मस्यौदा समिति

काठमाडौं  – नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सुरु हुन एक दिन मात्र बाँकी रहँदासमेत पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षको विवादले विधान संशोधन मस्यौदा समिति गठन हुन सकेको छैन। विधान संशोधन समितिमा सहभागी गराउने व्यक्ति र संख्याबारे दुई पक्षीय नेताहरूबीच सहमति नजुट्दा विधान संशोधन मस्यौदा समिति गठन गर्न बिलम्ब भएको हो।

सभापति देउवाले संयोजकसहित पाँच नेता आपूm निकट राख्ने र कृष्णप्रसाद सिटौला समुहलाई समेत समेटेर पौडेल पक्षलाई चार मात्र सदस्य राख्ने प्रस्तावपछि सहमति जुट्न सकेको छैन। जिल्ला सभापतिहरूको भेलाको पूर्वसन्ध्यामा सोमबार हेटांैडामै बस्ने केन्द्रीय समिति बैठकअघि सकेसम्म मस्यौदा समिति गठन गर्ने सभापति देउवाको तयारी छ।

‘पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलसँग सभापतिले मस्यौदा समितिका लागि नाम माग्नुभएको छ,’ निकट एक नेताले भने, ‘उहाँले नाम दिनुभयो भने भोलि नै समिति बन्छ।’

वैशाख १६ गते सम्पन्न केन्द्रीय समिति बैठकले नयाँ संविधानअनुसार सांगठनीक स्वरूपलाई ढाल्ने निर्णय गर्दै त्यसका लागि विधान संशोधन मस्यौदा समिति गठन गर्ने निर्णय गरेको थियो। त्यस विषयमा जिल्ला सभापतिसहित मातहतका निकायसँग सुझाव संकलन गर्ने निर्णय लिएको थियो।

यसैबीच सोमबार हेटौडामा बस्ने केन्द्रीय समिति बैठकले विधान संशोधन, पार्टीको सांगठनीक स्वरूपका साथै पछिल्लो राजनीतिक अवस्थाका विषयमा छलफल हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। ‘मंगलबारबाट सुरु हुने जिल्ला सभापतिहरुको भेलालाई व्यवस्थीत गर्दै विधान संशोधन सांगठनीक स्वरूपसहितका विषयमा छलफल हुन्छ,’ उनले भने, ‘पार्टी केन्द्रीय समिति निर्णयअनुसार जिल्ला सभापतिहरूसँग फिडब्याक लिने काम भेलामा हुन्छ।’

प्रकाशित: ४ असार २०७५ ०१:१९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App