coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

स्विजरल्याण्डकाे सु:खद सुरुवात, ब्राजिल बराबरीमा राेकियाे

रसिया - पाँच पटकको विश्व विजेता ब्राजिल  समुह ‘ई’ अन्तर्गतको पहिलो खेलमा स्विजरल्याण्डसँग एक एकको बराबरीमा रोकिएको छ। रसियाको रोस्टोभ एरेनामा आईतबार सम्पन्न खेलमा पाएका थुप्रै अवसरहरुलाई सदुपयोग गर्न नसक्दा ब्राजिल सु:खद सुरुवात गर्नबाट चुक्यो।

ब्राजिलका लागी खेलको २० औं मिनेटमा फिलिप कौटिन्होले डिबक्स वाहिरबाट प्रहार गरेको बलले सिधै गोलपोष्टको जाली चुम्दा पहिलो हाफमा ब्राजिलले एक शुन्यको अग्रता कायम गरेको थियो। दोश्रो हाफको ५० औं मिनेट स्विजरल्याण्डकालागी सुःखद बन्न पुग्यो। स्विजरल्याण्डका स्टेभन जुबेरले साकिरीको पासलाई सदुपयोग गर्दै हेडिङ्ग मार्फत सुन्दर गोल गरे।

अधिकांश समय बल आफ्नो पक्षमा राखेको ब्राजिलले गोल गर्ने थुप्रै सुन्दर अवसरहरु सिर्जना गर्दा स्विजरल्याण्डका गोलकिपर यान सोमर बाधक बन्न पुगे। खेल अवधिभर ब्राजिलले गोलका लागी करिब २० प्रयास गर्दा एक गोल मात्र गर्न सफल रह्यो भने स्विजरल्याण्डले ६ प्रयासमा नै गोल फर्काउन सफल रह्यो। खेलको म्यान अफ द म्याच ब्राजिलका फिलिप कौटिन्हो भए।

ब्राजिल र स्विजरल्याण्डले बराबरी खेल्दा समुह ‘ई’ मा रहेको सर्बियालाई फाईदा पुगेको छ । आईतबार भएको खेलमा सर्बियाले  कोष्टारिकालाई एक शुन्य गोल अन्तरले पराजित गरेको थियो। जितसँगै ३ अंक जोडेको सर्बिया अंक तालिकाको शिर्ष स्थानमा उक्लेको छ।

प्रकाशित: ३ असार २०७५ २०:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App