coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
राजनीति

जनपद र सशस्त्रका आइजिपी एकैदिन किन गए अमेरिका ?

काठमाडौं– नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख (आइजिपी) अमेरिका प्रस्थान गरेका छन्। 

न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको प्रधान कार्यालयमा हुने दुई दिवसीय संयुक्त राष्ट्रसंघीय प्रहरी प्रमुखहरुको द्धितीय सम्मेलन (दोस्रो युनाइटेड नेशन्स चिफ अफ पुलीस समिट)मा सहभागी हुन आइजिपीद्वय सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल आइतबार राति त्यसतर्फ प्रस्थान गरेका गरेका हुन्।

नेपाल प्रहरीको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार प्रहरी उपरीक्षक दानबहादुर कार्कीसहित अमेरिका प्रस्थान गरेका आइजिपी खनाललाई प्रहरी अतिरिक्त महानिरीक्षक डा. दिनेशचन्द्र पोखरेल, प्रहरी नायव महानिरीक्षकहरु लगायत वरिष्ठ प्रहरी अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बिदाई गरे।

यता इन्सपेक्टर नारायण गुरुङसहित न्युयोर्क प्रस्थान गरेका सशस्त्र आइजिपी खनाललाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पुष्पराम केसी र नारायणबावु थापा लगायत वरिष्ठ अधिकृतहरुले विदाई गरेको सशस्त्रका डीएसपी अजय छतकुलीले जानकारी दिए।

असार ६ गते सुरु भई ७ गते सम्पन्न हुने उक्त सम्मेलनमा विश्व शान्ति तथा सुरक्षामा देखिएका चुनौतीहरूको रोकथाममा सदस्य राष्ट्रहरूका प्रहरीहरू बीचमा सहकार्य बृद्धि गर्ने, राष्ट्रहरूबीच सुरक्षामा देखिने चुनौती तथा खतराविरुद्ध राष्ट्रसंघ तथा कानून कार्यान्वयन गर्ने निकायबीच आपसी समन्वय तथा सहयोग बढाउने, राष्ट्र संघीय मिसनमा खटिई हासिल गरेका ज्ञान तथा सीपलाई आफ्नो कार्यक्षेत्रमा सर्वोत्तम उपयोग गर्ने र प्रहरीको क्षमता तथा योग्यता बृद्धि गरी थप प्रभावकारिता ल्याउने लगायतका बिषयमा विस्तृत छलफल हुनेछ।

साथै भविष्यमा अन्तरदेशीय सूचना सञ्जालका लागि साझा मञ्च स्थापना गर्ने विषय पनि छलफलको एजेन्डा रहेको छ। 

प्रकाशित: ३ असार २०७५ १६:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App