८ वैशाख २०८१ शनिबार
समाज

छतबाट लडेर तीन वर्षीया बालिकाको मृत्यु

जाजरकोट – जाजरकोटमा होटलको छतबाट लडेर आइतबार ३ वर्षीया बालिकाको मृत्यु भएको छ। 

आठबीसकोट नगरपालिका रिटा घर भई सदरमुकामस्थित कान्तिपुर होटलमा फुपु सुशीला चन्दसँग बस्दै आएकी युपी चन्द होटलको बार्दलीबाट लडेर घाइते भएकी थिइन्। 

चन्द तीन तला माथिबाट खसेकी थिइन्। उनलाई उपचारका लागि नेपालगन्जतर्फ लैजाँदै गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।  (रासस)

प्रकाशित: ३ असार २०७५ १५:२३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App