८ वैशाख २०८१ शनिबार
राजनीति

कांग्रेसद्वारा कर्णालीको संसद अवरुद्ध

सुर्खेत- संविधान विपरित आर्थिक मामिला तथा योजना मन्त्रालयले संसदमा बजेट प्रस्तुत गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ। बैठकको सुरुमै बोलेका कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीले चालू आर्थिक वर्षको तीन महिनाका लागि प्रत्येक मन्त्रालयलाई छुट्याइएको रकम र खर्च अनुसारको लक्ष्य हासिल भयो वा भएन भन्ने विषय बजेटमा नखुलाइएको बताए।

‘नेपालको संविधानको भाग १६ धारा २०७ मा उल्लेख भए अनुसार बजेट आएको छैन्’ शाहीले भने, ‘संविधानविपरितको बजेटमाथिको शैद्धान्तिक छलफल अघाडि बढ्न सक्दैन् ।’

नेपालको संविधानको भाग १६ धारा २०७ मा प्रदेश अर्थमन्त्रीले प्रत्यक आर्थिक वर्षमा प्रदेशसभा समक्ष राजस्वको अनुमान, प्रदेश सञ्चीतकोषमाथि व्ययभार हुने आवश्यक रकमहरु, प्रदेश विनियोजन ऐन अनुसार व्यय हुने आवश्यक रकमहरु खुलाएर बजेट पेश गर्नुपर्ने उल्लेख छ । कांग्रेसको अवरोधपछि सभामुख राजबहादुर शाहीले आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।

 

प्रकाशित: ३ असार २०७५ १०:५२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App