coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

गीतको ८ वर्षमै बालकथा संग्रह

काठमाडौं– कथाको किताव निकाल्नको लागि अलि उमेर ढल्दै जानुपर्छ भन्ने आम मानिसको सोचाइलाई गलत सावित गरिदिएकी छिन् आठ बर्षकी गीत पछाईले। अहिले उनी अक्षरा स्कुल कक्षा ३ मा अध्ययनरत छिन्। उनले २२ वटा अग्रेजी बालकथा लेखेकी छन् भने यसलाई नेपालीमा समेत अनुवाद गरिएको छ। गीत भन्छिन्, ‘मैले शुरुमा एउटा कथा लेखेकी थिए अनि मम्मी बाबाले तिमीले राम्रो लेख्यौ भने किताव नै निकालिदिने भन्नुभयो। लेख्दै जाँदा २२ वटा भयो। अनि किताव भयो।’ 

आफ्नो कथाको किताव विमोचन हुँदा निकै उत्साहित भएको बताउने गीत फेरि पनि कथा लेखनलाई निरन्तरता दिने बताउँछिन्। उनी भन्छिन्, ‘आफूले कथाका बुकहरु पढेर लेख्नको लागि प्रोत्साहित भएकी हुँ। मलाई कथाहरु पढ्न मनपर्छ बिशेषगरी अग्रेजी कथाहरु नै बढी पढ्छु।’ उनका कथाहरु सरल रुपमा बालबालिकाले बुझ्न सक्नेछन्। 

ब्रदर्स बुकले प्रकाशन गरेको उनको बाल कथा संग्रह द ट्रेजर हन्ट (खजानाको खोजी) नामक पुस्तक शनिबार नवनारीको बार्षिकोत्सवको अवसरमा बिमोचन भएको छ। समाजसेवी तथा गीतकार सुना भण्डारी, पहिलो नायिका भुवन चन्द, गायिका मीरा राणा, बरिष्ठ साहित्यकार माया ठकुरी, समाजशास्त्री डा. बिन्दु पोख्रेल, उद्यमी संगीता कडरिया, सञ्चारकर्मी संगीता पन्त थापा, अधिकारकर्मी कमला नेपाली, कृषि उद्यमी शान्ता बास्कोटा कोइरालाले संयुक्त रुपमा बिमोचन गरेका थिए। 

प्रकाशित: ३ असार २०७५ १०:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App