८ वैशाख २०८१ शनिबार
समाज

एनजीओलाई सम्पत्ति विवरण बुझाउन निर्देशन

जुम्ला- जिल्ला प्रशासन कार्यालय जुम्लामा दर्ता भएका गैर सरकारी संस्थालाई तत्काल सम्पत्ति विवरण बुझाउनको लागि स्थानीय प्रशासनले निर्देशन गरेको छ। संघीय सरकारको गृहमन्त्रालयको निर्णयले गैससलाई कडाई गर्न निर्देशन दिएपछि स्थानीय प्रशासनले यस्तो निर्देशन गरेको हो। अहिलेको अवस्थामा दर्ता भएका सवै गैससले वहुद्धेश्यीय काम गर्दै आईरहेकोमा अहिले एक उद्धेश्य लिएर मात्रै काम गर्न पाउने गरि अघि बढ्न सुझाव दिइएको निमित्त प्रमुख जिल्ला अधिकारी टेकवहादुर बुढ्थापाले जानकारी दिए।

उनका अनुसार पन्ध्र दिनको सूचना टाँस  गरेर ग्रैससलाई समयमै सम्पती विवरण उपलव्ध गराउनको लागि पत्र पठाईसकिएको छ। पत्रमा पदाधीकारी तथा कर्मचारीको सम्पती विवरण पेश गर्नु पर्ने,संस्थाको उद्धेश्य एउटै हुनु पर्ने,नयाँ दर्ता हुनेले एउटै कार्यक्षेत्र रोज्नु पर्ने र नविकरण गर्नेले संशोधन गरेर एकल वनाउनु पर्ने उल्लेख गरिएको छ। निमित्त प्रमुख जिल्ला अधिकारी बुढ्थापाले तीन वर्ष भन्दा बढी समय वित्दा समेत नविकरण नगर्ने गैससको दर्ता खोरेजी गर्ने र हरेक सामाजिक संस्थाले चार चार महिनामा प्रगति प्रतिवेदन गैसस कार्यालयमा पेश गर्नु पर्ने निर्देशन गरेको छ।

जिल्ला प्रशासन कार्यालय जुम्लामा हाल सम्म २ सय ५२ वटा संघ संस्था दर्ता भईसकेका छन। निमित्त प्रमुख जिल्ला अधिकारी वुढ्थापाले गैसस र गुनासो समेटिएको ज्ञापन पत्र प्रशासन कार्यालयमा पेश भएर गृहमन्त्रालयमा पठाईसकिएको बताए। उनले तोकेको समयावधि भित्र स्थानीय प्रशासन कार्यालय निर्देशन अनुसार विवरण बुझाउनको लागि आग्रह गरे।

प्रकाशित: ३ असार २०७५ ०९:३५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App