coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

पहिरोमा खसेका चार जनाको ३९ घण्टापछि सकुशल उद्दार

संखुवासभा – अरुण तेस्रो सुरुङमार्ग निर्माणको क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको सकुसल उद्दार गरिएको छ। शुक्रबार राति करिब ८ः४० बजेतिर सुरुङमार्गको ड्यामसाइड नुमकोफ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको थियो।

कालिकोट सिउना गाउँपालिका निवासी ३२ वर्षीया प्रदिप शाही, जुम्ला चन्द्रनाथ नगरपालिका– १ का ४४ वर्षीया प्रेम परियार, भारतको झारखण्ड बस्ने ५५ वर्षीया डोजर अप्रेटर बुधन मुन्डा, भारतकै बिहार बस्ने ४५ वर्षीया इलेक्ट्रोनिक इन्जिनियर नन्दकिशोरको उद्दार गरिएको  प्रहरी नायव उपरिक्षक श्यामकुमार सारु मगरले बताए। उनीहरुको ३९ घण्टापछि उद्दार गरिएको हो।

उनीहरुको स्वास्थ्यअवस्था राम्रो भएपनि स्वास्थ्य परिक्षण गर्न जिल्ला अस्पताल खातवारी लगिएको प्रहरीले जनाएको छ।

प्रकाशित: ३ असार २०७५ ०५:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App