काठमाडौं – सिटिजन्स बैंक इन्टरनेसनल र ओम हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ।
सम्झौतापत्रमा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेल र अस्पतालका म्यानेजिङ डाइरेक्टर बाबुकाजी कार्कीले हस्ताक्षर गरेको हस्पिटलले जनाएको छ।
अब सिटिजन्स बैंकका डेबिट तथा क्रेडिट कार्डबाहक, खातावाला र कर्मचारीले ओम हस्पिटल तथा रिसर्च सेन्टरमा उपचार गराउँदा विशेष छुट पाउनेछन्।
प्रकाशित: ३ असार २०७५ ०५:०० आइतबार