५ वैशाख २०८१ बुधबार
अर्थ

शिखरले फाेटाे पत्रकारकाे बिमा गर्ने

काठमाडौं  –  शिखर इन्सुरेन्स र फोटोपत्रकार क्लबले आइएमई ग्लोबल आइएमई नेपाल फोटो प्रतियोगिता २०७५ को ‘नेपाल स्माइल बिधा’ प्रयोजनका साथै  फोटोपत्रकारको स्वास्थ्य, दुर्घटना र क्यामराको बिमा सम्झौता गरेका छन्।

शिखर इन्सुरेन्सको कार्पोरेट कार्यालय थापाथलीमा शनिबार आयोजित एक कार्यक्रममा शिखर इन्सुरेन्सका प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डे र फोटोपत्रकार क्लबका अध्यक्ष विकास कार्कीले सम्झौतामा हस्ताक्षर गरेका हुन्। आइएमई ग्लोबल आइएमई नेपाल फोटो प्रतियोगिताको नेपाल स्माइल बिधामा प्रायोजन गरेको शिखर इन्सुरेन्सले २०७५ सालका लागि फोटोपत्रकारको क्यामेरामा दुई लाख, स्वास्थ्यमा दुई लाख र दुर्घटनामा चार लाख गरी जम्मा आठ लाखको बिमा गर्ने सम्झौता गरेको हो। यस बिमा नीतिलाई आगामी वर्षमा पनि निरन्तरता दिने गरी सम्झौता भएको हो।

कार्यक्रममा शिखरका प्रमुख कार्यकारी अधिकृत पाण्डेले फोटोपत्रकारसँग गरिएको बिमा सम्झौताले नेपाली फोटोपत्रकारिता क्षेत्रमा  नयाँ मोड लिएको बताउँदै यसलाई अझ फराकिलो दायरामा लैजाने जानकारी दिए। यस बिमा अन्तर्गत फोटोपत्रकारको क्यामरा चोरी तथा सफ्टवेयर बिग्रेको अवस्थाबाहेक अन्य (दुर्घटना, हुलदंगा, प्रकृतिक प्रकोप) क्लबको सिफारिसमा बिमा दाबी गर्न सकिनेछ।

फोटोपत्रकार क्लबका अध्यक्ष कार्कीले यो सहकार्यले फोटोपत्रकारलाई निर्धक्क साथ आफ्नो जिम्मेवारीमा लाग्न प्रेरित गरेको बताए।

प्रकाशित: ३ असार २०७५ ०४:५६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App