coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

ज्योतिको एनआइसी एसिया र सेञ्चुरी बैंकसँग सम्झौता

काठमाडौं – ज्योति विकास बैंकले एनआइसी एसिया बैंक र सेञ्चुरी कमर्सियल बैंकसँग रेमिट सेवा सञ्चालन गर्ने सम्बन्धी सम्झौता गरेको छ। अब एनआइसी एसिया र सेञ्चुरी बैंकका सबै शाखाबाट ज्योति रेमिटमार्फत रकम पठाउन र भुक्तानी लिन सकिने छ।

ज्योति विकास बैंक र एनआइसी एसिया बैंकबीच हालै सम्झौता भएको हो । सम्झौतामा ज्योतिका सञ्चालन विभाग प्रमुख बलदेव थापा र एनआइसी बैंकका चिफ  मार्केटिङ अफिसर जयन्द्र रावलले हस्ताक्षर गरेका थिए । त्यस्तै सेञ्चुरीसँगको सम्झौतामा ज्योतिका थापा र सेञ्चुरीका प्रमुख सञ्चालक अधिकृत दिपेश प्रधानले हस्ताक्षर गरेको बताइएको छ।

प्रकाशित: ३ असार २०७५ ०४:५३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App