coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
कला

असार १५ मा एक्लै ‘ए..सोल्टिनी’

काठमाडौं - केही समयअघि गीत र ट्रेलर सार्वजनीक गरिएको ‘ए सोल्टिनी’ फिल्मको प्रदर्शन मिति तय भएको छ। निर्देशक निमा लामा तामाङले आफ्नो फिल्म असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने जानकारी दिए।

दिलकुमार घलान तामाङले निर्माण गरेको फिल्ममा सबिन श्रेष्ठ, अर्जुन गुरुङ, जयनन्द लामा, मन्जु श्रेष्ठ,ज्ञानबहादुर जिम्वा, अनिता गोले,गंगा रानामगर, बिबि रानामगर, सम्झना श्रेष्ठ, शेरबहादुर थिङलगायतका कलाकारले अभिनय गरेका छन्।

जिम्बा फिल्मस् प्रोडक्सनको ब्यानरमा पूर्णी तामाङ प्रस्तुतकर्ता रहेको ‘ए सोल्टिनी’को वितरण आर आर फिल्मले गर्दैछ । तामाङ भाषाका भण्डै एक दर्जन फिल्म निर्देशन गरिसकेका निर्देशक निमाको ‘ए सोल्टिनी’ पहिलो नेपाली फिल्म हो। उनले ‘ए सोल्टिनी’पछि ‘दोषी को’ र ‘परदेशले लुटेको सपना’ नामक नेपाली फिल्म निर्देशन गरेका छन् । फिल्म निकै रमाइलो बनेकाले दर्शकले मन पराउने विश्वास निर्माता दिलकुमारको छ।

काठमाडौ उपत्यका वरिपरि खिचिएको फिल्ममा सोल्टिनीको माया पाउन सोल्टाहरूले गर्ने संघर्ष र तडप प्रस्तुत गरिएको बताइन्छ। कमेडी, लभ, एक्शन तथा सेन्टिमेन्ट, सबै कुराले आफ्नो फिल्म भरिपूर्ण भएको निर्देशन निमाको दाबी छ । बिश्वास भण्डारीले छायांकन तथा सम्पादन रहेको फिल्ममा सोमलाल बाइवा र बिनय केटुको संगीत छ । राज गोलेले द्धन्द्ध निर्देशन गरेको फिल्मको कोरियोग्राफी अभि लामाले गरेका छन्। अरु कुनै फिल्मले मिति नतोकेकाले ‘ए सोल्टिनी’ असार १५ मा एकल प्रर्दशनमा आउने देखिन्छ ।

प्रकाशित: ३ असार २०७५ ०४:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App