coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
समाज

म्याद नाघेका उपभोग्य सामग्री जलाइए

म्याद नाघेको उपभोग्य सामान जलाउँदै प्रशासनका कर्मचारी। तस्बिर : दमन राई/नागरिक

खोटाङ – जिल्ला प्रशासन कार्यालय खोटाङले बजार अनुगमनका क्रममा बरामद म्याद नाघेका दैनिक उपभोग्य सामग्री जलाएको छ। सदरमुकाम दिक्तेल बजारका ३२ वटा पसलबाट बरामद ३३ किसिमका दैनिक उपभोग्य सामग्री प्रशासन परिसरमा जलाइएको हो।

प्रशासन, प्रहरी, उद्योग वाणिज्य संघ, कोष लेखा नियन्त्रक कार्यालय, पत्रकार लगायतको रोहवरमा म्याद नाघेका ती सामग्री शुक्रबार जलाएर नष्ट पारिएको प्रमुख जिल्ला अधिकारी सुरेन्द्रराज पौडेलले बताए।

बजार अनुगमनका क्रममा जफत गरिएका म्याद नाघेका चाउचाउ, बिस्कुट, चिनी, भुजिया, चिउरा, दालमोठ, थुक्पा, जिरा, तेल, बदाम, चिया, धुलो खुर्सानी, अजिना, जुस, नरिवल, लड्डु, पराग, पापड, चिजबल, बेसार, चुईगम, फ्रुटी, साबुन, मेहेन्दी लगायत नष्ट उनले बताए।

बजारमा म्याद नाघेका सामान बिक्री वितरण भइरहेको पाइएपछि जिल्ला प्रशासन नेतृत्वको अनुगमन समितिले कसैलाई जानकारी नदिइ चारपटक गरेको अनुगमनका क्रममा भारी मात्रामा म्याद नाघेका सामान जफत गरेको थियो। बेला–बेलामा बजार अनुगमन भए पनि बजारमा म्याद गुज्रेका सामान आउन छाडेको छैनन्। सदरमुकाम लगायतका मुख्य व्यापारिक नाकाबाहेक गाउँ–गाउँका पसलमा बढी मात्रामा म्याद नाघेका खाद्य पदार्थ पाइने अनुमान गरिएको छ।

औषधि पनि खाल्डोमा पुरिए
यस्तै, अनुगमनका क्रममा फेला परेको म्याद नाघेका औषधि पनि खाल्डोमा पुरिएको छ। दिक्तेलका छवटा औषधि पसलबाट भारी मात्रामा जफत गरिएका १३ किसिमका औषधि खाल्डो खनेर सुरक्षित स्थानमा पुरिएको प्रशासनले जनाएको छ।

प्रकाशित: ३ असार २०७५ ०१:५७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App