८ वैशाख २०८१ शनिबार
खेल

पेरु पेनाल्टिमा चुक्यो, पहिलो हाफ बराबरी

रसिया - फिफा विश्पकप अन्तर्गत जारी डेनमार्क र पेरुबीचको खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकीएको छ। दुबै टोलीले पाएका केहि सुवर्ण अवसरहरुलाई गोलमा परिणत गर्न नसक्दा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको हो।

जारी खेलमा पेरु भन्दा डेनमार्क बलीयो देखीएको छ। अधिकांश समय डेनमार्कले बल आफ्नो नियन्त्रणमा राखेपनि गोल गर्नबाट भने चुकेको छ।

यता पेरुले पहिलो हाफको खेल  सकीन एक मिनेट बाँकी रहँदा पाएको पेनाल्टिलाई गोलमा परिणत गर्न नसक्दा खेलमा अग्रता कायम गर्नबाट चुक्यो। खेलको ४४ औं मिनेटमा डेनमार्कका युसुफ पाउलसेनले डिबक्स भित्र पेरुका क्रिस्चियन क्युभालाई लडाएपछि पेरुले खेलमा अग्रता कायम गर्ने सुनौलो अवसर प्राप्त गरेको थियो। तर पेरुका क्युभालेनै प्रहार गरेको पेनाल्टि किक गोल पोष्ट भन्दा माथीबाट वाहिरन पुग्दा पेरु पहिलाे हाफमा बराबरीमा चिक्त बुझाउन बाध्य भयो।  
 

प्रकाशित: २ असार २०७५ १७:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App