१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जोखिम घटाउन पूर्वअभ्यास

कृतिम घटना अभ्यासका क्रममा उद्धार कार्य गर्दै रेडक्रस स्वयमसेवकहरु । तस्बिर: अरूण

डोटी- एकाएक टहरा भत्कियो। एक हुल किशोर–किशोरी दबिए। साईरन बज्यो । ‘रेडक्रस स्वयम् सेवक टोली’का टिम लिडरले सबै सदस्यहरुलाई उद्धार कार्यमा खटिन आह्वान गरे । बिधिसम्मत् तवरबाट घाईतेहरुको बर्गिकरण र प्राथमिक उपचार गरेर सबैलाई उद्धार गरि एम्बुलेन्स मार्फत अस्पताल पठाईयो।

फेरी अर्को टहरामा आगो लाग्यो । पुर्ववत् तवरबाटै टिम लिडरको आह्वानमा स्वयम् सेवकहरुले पानी मार्फत आगो नियन्त्रणमा लिए । फेरी अर्को टहरामा आगो लाग्दा ‘अग्नि नियन्त्रक ग्यास’ मार्फत आगो नियन्त्रणमा लिईयो। नदीमा दुईजना बगेर आए । उनीहरुलाई  जर्किन बाँधिएको डोरीको सहाराले उद्धार गरियो।

यी दृश्यहरु शनीबार दिपायलमा देखिएका हुन् । घटना भने प्राकृतिक होईनन् । नेपाल रेडक्रस सोसाईटी जिल्ला शाखा डोटीले बिपद पूर्बतयारीका साथै सचेतना फैलाउने उद्देश्यले गरिएको ‘कृतिम घटना अभ्यास’ का दृश्यहरु हुन्।

‘विपद्को पूर्वतयारी गर्ने र सचेतना फैलाउने उद्देश्यले रेडक्रसले यस्ता कृतिम घटना अभ्यासका कार्यहरु गर्दै आएको,’ रेडक्रस जिल्ला शाखा डोटीका मन्त्री देब बोहराले भने,‘यसले हाम्रा स्वयम् सेवकहरुलाई उद्धार कार्यको तयारी गर्न सघाउ पुग्ने र घटना अभ्यास गर्दा स्थानीय नागरिकलाई सचेतना पनि पुग्ने भएकाले जोखिम न्यूनिकरणमा सघाउ पुग्छ।’

जिल्ला स्थित सरोकारवालाहरुको बिचमा गरिएको सो कार्यक्रममा प्रमूख जिल्ला अधिकारी वीरेन्द्र कुमार यादबले रेडक्रसजस्ता मानवतावादी संस्थाहरुसंग सरकार जहिल्यै संगसंगै हुने बताए। उनले भने, ‘बिपद जोखिम न्यूनिकरणमा रेडक्रसको भूमिका जहिल्यै सराहनिय छ । यसमा पनि कृतिम घटना अभ्यास जस्ता कार्यक्रमले बिपद न्यूनिकरणका लागि थप उर्जा र सचेतना प्रबाह गरेको छ भन्ने मलाई लाग्छ।’

बिपद जोखिम न्यूनिकरणका लागि  रेडक्रस जिल्ला शाखाले सन् २०१२ देखी जिल्ला शाखाले जोखिममा रहेका क्षेत्रहरुमा ‘बिपद् प्रतिकार्यका लागि सामुदायिक पहल टोली’ निर्माण गर्दै उनीहरुको दक्षता बढाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । जुन टोली बिपदका बेला उद्धार कार्यमा खटिदै आएका छन् ।  ‘जोखिममा रहेका जिल्लाका २२ वटा स्थानमा बिपद् प्रतिकार्यका लागि सामुदायिक पहल टोली निर्माण गरेका छौ,’ जिल्ला शाखाका मन्त्री बोहराले भने,‘जसमा दक्ष उद्धारकर्ताहरु रहन्छन् र पर्याप्त उद्धार सामाग्री पनि प्रदान गरेका छौ ।’ जसअन्तर्गत कुल एक सय ९२ जना स्वयम् सेवक छन् । स्वयम्सेवकलाई तालिम दिन जिल्लामा १२ जना राष्ट्रिय स्तरका प्रशिक्षक समेत तयार पारिएको उनले बताए।

 

प्रकाशित: २ असार २०७५ ११:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App