coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

व्यावसायिक तरकारी खेतीमा युवाहरु

पाल्पा– विदेशमा गएर फर्केका युवाको साथमा जिल्लाको पूर्वखोला गाउँपालिका–६, हेक्लाङमा सामूहिक व्यावसायिक तरकारी खेती सुरु गरिएको छ । झण्डै १५ रोपनी जग्गा भाडामा लिएर उनीहरुले पहाडको टुप्पोमा तरकारी गर्न थालेका हुन् । 

हेक्लाङको कानुङ खुमडाँडा कृषि समूहले खुमडाँडामा १० हजार बन्दागोबी खेती सुरु गरेका छन् । गाउँमा खेर गइरहेको जग्गामा पानीको व्यवस्थापन गरी २७ घरधुरी मिलेर तरकारी खेती सुरु गरेको समूहका अध्यक्ष जीतबहादुर रानाले बताए । 

‘सिंगापुर, मलेसिया देशमा मैले तरकारी खेतीमा काम गर्ने अवसर पाएको थिएँ । स्वदेश फर्केर सोही अनुभव गाउँमा प्रयोग गर्न थालेको हुँ,’ रानाले भने, ‘गाउँलेहरु यति धेरैमात्रामा तरकारी खेतीको विश्वास पनि गर्नुहुन्न । तर अब हामी सफल हुँदै छौं ।’ 

जीतबहादुर २००१ मा मलेसियामा कृषिमा काम गरे । त्यसपछि सिंगापुर गएर पनि धेरै परिश्रमको काम गरेर फर्केका युवा हुन् । उनले आफूले विदेशका असम्भव ठाउँमा सबै कुरा सम्भव बनाएको देखेपछि पाखो बारीमा पनि सुन फलाउन सकिने भन्दै तरकारी खेतीमा होमिएका हुन् । 

कानुङ समूहले गाउँमै थोरैमात्रामा मकै खेती हुने जग्गामा तरकारी खेती सुरु गरेका छन् । मोटरबाटो पु¥याएका छन् । पानी पु¥याएका छन् । स्थानीय रम्भा रानाले गाउँलेको श्रमदानबाट तरकारी खेती सुरु गरेको बताईन् । उनले बन्दा निकालेपछि टमाटर खेती गर्ने योजना रहेको सुनाइन् । 

उनीहरुले तरकारी खेतीका लागि पूर्वखोला गाउँपालिकाको कृषि शाखाले प्राविधिक सेवा दिएको छ । बारीमा ६५ हजारको कुखुराको सुली र ८ हजारको गाईभौसींको मल खरीद गरि बन्दागोबी लगाइएको हो । 

पूर्वखोला गाउँपालिका वडा नं. ६ का वडा अध्यक्ष मनबहादुर सारुले डाँडामा तरकारी खेती नेपालकै नमूनाका रुपमा विकास गर्ने योजना रहेको बताए । उनी भन्छन्, ‘उच्च पहाडी क्षेत्रमा युवाहरुको साथले गाउँमा कृषिमा क्रान्ति हुने देखिएको छ । हामी यसलाई विस्तार गरेर वडाको सम्पूर्ण क्षेत्रमा व्यावसायिक कृषि कार्यमा युवाहरुलाई लगाई वैदेशिक रोजगारमा जानका लागि न्यूनीकरण गछौं ।’
तस्वीरः व्यावसायिक तरकारी खेतीमा काम गर्दै वडाअध्यक्ष सहित गाउँलेहरु । तस्वीरः मुक्ति÷नागरिक
 

प्रकाशित: २ असार २०७५ १३:२० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App