७ वैशाख २०८१ शुक्रबार
खेल

बलियो फ्रान्सलाई अष्ट्रेलियाको चुनौती

रसिया - रसियामा जारी फिफा विश्वकपमा शनिबार दिउँसो पौने ४ बजे हुने खेलमा फ्रान्स र अष्ट्रेलिया भिड्दैछन्। समुह सी मा रहेका दुवैटोली आफु खेल जित्ने दाबी गर्छन्। तर फिफा वरियतामा ७ औं स्थानमा रहेको फ्रान्सलाई हराउन ३६ औं स्थानमा रहेको अष्ट्रेलियालाई पक्कै सहज भने हुने छैन।

व्यावसायिक फुटबलमा विश्व हल्लाएका स्टारहरुको सधै साथ पाउने गरेको फ्रान्सले विश्वकप जित्न नसकेको दुई दशक पूरा भएको छ। घरमै १९९८ को संस्करण आयोजना गर्दा च्याम्पियन बनेको टोली त्यसयता विश्व फुटबलको सबैभन्दा ठूलो प्रतियोगितामा सधै निराश हुँदै आएको छ। अझ दुई वर्षअघि आफैले आयोजना गरेको युरोपियन च्याम्पियनसिपमा पनि फ्रान्सले पोर्चुगलसँग फाइनलमा पराजय भोग्नुपरेको थियो।

यता फिफा विश्व वरीयताको ३६ औं स्थानमा रहेको अस्ट्रेलिया रूस विश्वकपमा सहभागिता जनाउँदा कमजोर इतिहासमा सुधार ल्याउने लक्ष्यमा हुनेछ। पाँचौं पटक विश्वकपको हिस्सा बन्न लागेको टोलीले यसअघिका चार सहभागितामा अन्तिम १६ भन्दा माथिको यात्रा गर्न सकेको छैन। सन् १९७४ मा विश्व फुटबलको सबभन्दा ठूलो प्रतियोगितामा पहिलो पटक सहभागिता जनाएको अस्ट्रेलिया त्यसपछि ३२ वर्षको अनुपस्थिति तोड्दै २००६ मा विश्वकपलाई छानिएको थियो। त्यसयता विश्वकपमा अस्ट्रेलियाको उपस्थिति निरन्तर छ। ३२ वर्षपछि अस्ट्रेलिया, जर्मन विश्वकप २००६ को लायक हुँदा टोलीको नेतृत्व डच प्रशिक्षक गुस हिडिंकमा थियो। उनकै नेतृत्वमा टोलीले जर्मनीमा अन्तिम १६ सम्मको यात्रा गरेको थियो। विश्वकपमा अस्ट्रेलियाको अहिलेसम्मको उत्कृष्ट नतिजा त्यही थियो।

खेल रसियाकाे काजन एेरेना काजनमा हुनेछ।

प्रकाशित: २ असार २०७५ ०९:२१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App