coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
फोटो फिचर

प्रेम र सदासयताको पर्व इदुल फित्र (फोटो फिचर)

 वीरगन्ज- ‘अल्लाह (इश्वर) मा भरोसा राख्नु, धर्ममाआस्था राख्नु, दीन–दुःखी तथा गरिबलाई सहयोग गर्नु, छिमेकमा कसैलाई समस्या पर्दा आफ्नै समस्या ठान्नु, आमाबुवाले दु:ख नपाउन भन्ने बिचार राख्नु, पवित्रता, शान्ति र भाइचारालाई कायम राखनु,’ वीरगन्ज २ छप्कैया स्थित इदगाह (प्रर्थना स्थल) मानयाँ र सफा पहिरनमा हजारौंका संख्यामा भेला भएका बालकदेखी बयो–बृद्धसम्मका इस्लम धर्मावलम्बीहरुलाई शनिवार बिहान साढे ८ बजे त्यहाँका इमाम (धर्मगुरु)ले इदको बिशेष प्रवचन सुनाईरहेका थिए। त्यसपछि सामूहिक नमाज (प्रार्थना)मा सबैले भागलिए।  प्रारर्थनापछि सुरु भयो बधाई साटासाट ‘इद मुबारक’ भन्दै।

प्रेम, भाइचारा र सदासयताको अवसर मानिने मुस्लिमहरुको प्रमुखपर्व ‘इद–उल–फितर’ अर्थात इदको बिहान। बर्षमा एकपटक महिना मुस्लिमहरुले २९ वा ३० दिन रोजाब्रत बस्छन्। यसमा सूर्य उदाएदेखी नअस्ताउन्जेल अन्न वा पानीको एक थोपा पनि मुखमा हालिदैन। ‘यो बर्ष जेठ २ मा रमजान सुरुभएको थियो,आज सकियो,’ पर्सा धोबिनीका तबरेज अहमदले भने, ‘इद भनेको बर्ष भरीको रिसराग छोडेर एक अर्कालाई स्विकार गर्ने सद्भावको पर्व हो, इश्लाममायसको बिशिष्ठ महत्व छ।’

खुशी 0%
दुखी 0%
अचम्मित 0%
हास्यास्पद 0%
क्रोधित 0%
अर्को समाचार
Download Nagarik App
Download Nagarik App