coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अन्य

आत्मस्वरूप निरूपण– ९

व्रम्हाण्डमा वायु जस्तै ऊ सबै जीवभित्र छ ।।
त्यो नै इश्वर आत्मा हो देहभिन्न असङ छ ।।

जुन चैतन्यको सत्ता स्वर्ग पाताल मत्र्यमा ।।
सूर्यमा  गाहनामा छ कीराको अनि प्वालमा ।।

ज्ञान छैन मोक्ष छैन तर ब्रम्हनिरन्तर ।।
एक ह्ैन द्धैत यो त स्पष्ट प्रकाश छ ।।

व्रम्ह चित् हो विश्व व्रम्ह नै सव जीव हुन् ।।
म व्रम्ह हुँ मित्र शत्रु मेरा वान्धव व्रम्ह हुन् ।।

भास्य भासकको वुद्धि हुनु नै बुझ वन्ध हो ।।
त्यस्तो विचार नहुनु मुक्ति ता चित्तप्रकाश हो ।।
चेत्यले मुक्त चैतन्य आत्मा विषयको सव ।।
हो यो नै सार हो सारा सिद्धान्त शास्त्रको जड ।।
विश्व चैतन्यले व्याप्त म तिमी सव व्रम्ह हौ ।।
चैतन्य हौ यही सारा शास्त्रको पनि सार हो ।।

 

प्रकाशित: २ असार २०७५ ०२:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App