coke-weather-ad
११ वैशाख २०८१ मंगलबार
image/svg+xml
अर्थ

प्रदेश ७ को बजेट : कृषी र पूर्वाधार निर्माणमा प्राथमिकता

धनगढी- प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री झपट वोहराले आर्थिक बर्ष २०७५/२०७६ लागी शुक्रवार प्रदेश सभा बैठकमा २५ अर्व ६ करोड ५६ लाख १४ हजारको बजेट प्रस्ततु गरेका छन। कुल बिनियोजन मध्य चालुतर्फ रु १३ अर्व ३५ करोड ८ लाख १ हजार (५३.२६ प्रतिशत) र पुजिगततर्फ रु ११ अर्व ७१ करोठ्ड ४८ लाख १३ हजार (४६.७६प्रतिशत) रहेको छ।                                                 

  बजेटमा कृषी र पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको छ । यसैगरी पर्यटन,जलश्रोत, जडिबुटी उद्योग,शिक्षा, स्वास्थ्य, स्वरोजगार कार्यक्रम, गरिबी न्युनिकरण लाई पनि प्राथमिकता दिइएको छ। तुईन विस्थापित गर्न ३३ वटा झोलुंगे पुल निर्माण गरिने मन्त्री बोहोराले बताए।

‘कृषी, उद्योग, पर्यटन, जलश्रोत, बनजंगल, जजडिबुटी, जमिन एवं भौतिक पुर्वाधारको विकास र विस्तार गरी प्रदेशलाई आर्थिक स्मृद्धी तर्फ उन्मुख गर्न र समाजवाद तर्फ उन्मुख अर्थतन्त्र निर्माण गर्नु बजेटको मुख्य उद्येश्य रहेको मन्त्री वोहराले बजेट भाषणमा भनेका छन।

परिवर्तित कृषी प्रणाली, मौसम सुहाउदो खेती माटो सुहाउदो उतपदन, उत्पादन अनुसारको बजार भन्ने नारा सहित ८८ स्थानीय तहमा ‘मुख्यमन्त्री कृषी कार्यक्रम’ संचालन गरिने बजेट उल्लेमा छ । ‘कृषीलाई गरिवी निवारण, वेरोजगार अन्त्य र खाद्य सुरक्षाको आधारको रुपमा विकसित गर्दै कृषी उत्पादन दोव्वर बनाइने छ’मन्त्री वोहराले भनेका छन।

 मसिना तथा बास्नादार धान उत्पादन, चैते धान उत्पादन कार्यक्रम, पहाडी जिल्लामा रैथाने जौ वाली सम्वर्धन कार्यक्रम, अलैची, कपी नर्सरी केन्द्र स्थापना, स्याउ बजारीकरण तथा लघुप्रशोधन केन्द्र, तन्तु प्रजनन् प्रयोगशाला, मुख्यमन्त्री उतकृष्ट कृषक सम्मान कार्यक्रम, एक घर पाँच फलफुल वोट कार्यक्रम र किसानका उत्पादन बिक्रीका लागी ८८ वटै स्थानीय तहमा हाटबजार संचालन बजेटमा राखिएको छ। यसैगरी पछाडी परेका समुदायका लागि सिपमुलक कार्यक्रम संचालन गर्ने, महिला स्वयंम सेविकालाई वार्षिक एकमुष्ट रु १० हजार प्रोत्साहन भत्ता उपलब्ध गराउने, ४५ वटा स्थानीय तहमा प्रस्तुती केन्द्र भवन निर्माण गर्ने, जटिल प्रकृतीका बिरामी वा घाइतेलाई एयर लिफ्टीङ प्रेषण गरिने बजेटमा उल्लेख छ।

फाल्पा क्रिकेट मैदानलाई अत्याधुनिक बनाउन  ५ करोड, प्रत्येक निर्वाचन क्षेत्रमा एक खेल मैदान निर्माण गर्न ६ करोड ४० लाख  बजेट छुट्याइएको छ। यसैगरी प्रदेश वस सेवा संचालन गर्न रु २० करोड बिनियोजन गरिएको छ। ५ जिल्लामा औद्योगिक ग्राम स्थापना गरिने, उच्च मुल्यका जडिबुटी प्रशोधन कम्पनी स्थापना गर्न रु १० करोड बिनियोजन गरिएको छ। प्रदेश पर्यटन वोर्ड स्थापना गर्ने, ८८ वटै स्थानीय तहमा सुपथ मुल्य पसल संचालन गर्ने उल्लेख छ। प्रदेश जलबिद्युत बिकास वोर्ड गठन, बझाङ, बाजुरा,अछाम र डोटी चारै जिल्ला सम्टेने गरि पर्यटकीय स्थल ‘खप्तड वाहिरी रिडरोड’ आयोजना संचालन गर्न रु ५ करोड  र प्रदेश गौरवको आयोजना संचालन गर्न रु २५ करोड बिनियोजन बिनियोजन गरिएको छ। यसैगरी प्रत्येक निर्वाचन क्षेत्रमा निर्वाचित प्रदेश सभा सदस्य संयोजक,  सम्भावित प्रदेश सभा निर्वाचन क्षेत्रमा वाट प्रतिनिधीत्व गर्ने प्रदेश शभा सदस्य र सम्बन्धीत निर्वाचन क्षेत्रमा रहेका स्थानीय तह मध्यको वरिष्ठ प्रमुख प्रशासकीय अधिकृत रहेको समितीले योजना छनौट तथा अनुगमन गर्ने गरि प्रदेश स्थानीय पुर्वाधार विकास कार्यक्रम संचालन गरिने उल्लेख छ। यस कार्यक्रमका लागि प्रत्येक निर्वाचन क्षेत्रमा रु २ करोड बिनियोजन गरिएको छ। मन्त्री वोहराले बजेट सतप्रतिशत कार्यान्वयन हुने बताएका छन। प्रतिपक्ष दलका नेता रणबहादुर रावलले कार्यान्वयन नुहने बजेट ल्याएको टीप्पणी गरेका छन।

 

 

प्रकाशित: १ असार २०७५ १३:२५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App