coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

रिकिस र सरु एसइई आइकन

काठमाडौं– विभिन्न स्कुलबाट एसइई दिएर बसेका किशोरकिशोरीबीच भएको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस एसइई आइकन २०१८’ काठमाडौं कपुरधाराका रिकिस चित्रकार र सरु चित्रकारले जितेका छन्।

रिकिसले मुख्य उपाधिसँगै ‘मस्ट ट्यालेन्ट’ र ‘मस्ट पर्फेक्ट’विधाको अवार्ड जिते भने । प्रतियोगितामा महिलातर्फ विजेता बनेकी सरु बुढाथोकी ‘मस्ट ट्यालेन्ट’ र ‘मस्ट पर्फेक्ट’ सहित ‘मिस एसइई’ बनिन्।

प्रतियोगितामा ‘मिस्टर एसइई आइकन’तर्फ रामदुलार यादव ‘फस्ट रनरअप’ सँगै ‘बेस्ट स्पिच’, प्रविन सिवाकोटी ‘सेकेन्ड रनरअप’ सँगै ‘वेस्ट डान्स’ र ‘मस्ट इन्टिलेजेन्ट’ बने ।विधागततर्फ पुरुषतर्फ अरनभ घिमिरे ‘मस्ट पपुलर’ र ‘फेसबुक च्वाइस’, जेसन श्रेष्ठ ‘मिस्टर क्याटवाक’, अभिषेक बज्राचार्य ‘ भ्युवर्स च्वाइस’ र ‘मस्ट डिजर्भिङ’, दिलिप बस्नेत ‘बेस्ट डिसिप्लेन’, अनिकेश श्रेष्ठ ‘मस्ट फोटोजेनिक’, सुदिप घिमिरे ‘बेस्ट पर्सनालिटी’, राकेश तामाङ ‘बेस्ट सिंगर’ र ‘बेस्ट फिजिक’, सूर्यबहादुर तामाङ ‘मस्ट फ्रेण्डली’, दिशान महर्जन ‘मष्ट एक्टिभ’, रेगिस श्रेष्ठ ‘मिस्टर ह्यान्डसम’, दिपेश खड्का ‘बेस्ट फिटनेश’, सन्तोष टेङमाली ‘सोसियल वेलफेयर एम्बेसडर’ र सुमलन सादा शंकर ‘युथ वीथ रेसपोन्सीविलिटी’ बने।

‘मिस एसइई आइकन’तर्पm बिबिका थापा ‘फष्ट रनर्सअप’सँगै ‘मिस ब्युटीफुल’, मल्लिका श्रेष्ठ ‘सेकेन्ड रनर्सअप’सँगै ‘युथ विथ रेसपोन्सीविलिटी’, तीसा बज्राचार्य ‘थर्ड रनर अप’सँगै ‘मिस ट्यालेन्ट’ र ‘मस्ट पन्चुअल’ तथा आश्मा पाण्डे ‘फोर्थ रनर अप’सँगै ‘बेस्ट स्पिच’ र ‘मस्ट आइकनिक आइज’ बने।

विधागततर्फ दीपिका श्रेष्ठ ‘मस्ट पपुलर’ र ‘बेस्ट फिजिक’, आशिका दाहाल ‘फेसबुक च्वाइस’, पलिसा मानन्धर ‘मिस क्याटवाक’, निशा देउला ‘सोसियल रेस्पोन्सिविलिटी’, श्रीषा भण्डारी ‘व्युटी विथ प्रपस’, आँचल भण्डारी क्षेत्री ‘भ्युवर्स च्वाइस’, अनसिना दर्नाल ‘बेस्ट स्माइल’, प्रियंका बरुवाल ‘बेस्ट हेयर’ र ‘फोटोजेनिक’, युना थापामगर ‘बेस्ट स्किन’, अर्पना नेपाल ‘बेस्ट डिसिप्लेन’, रक्षा मल्ल ‘बेस्ट पर्सनालिटी’, आकृति कुँवर ‘मस्ट फिटनेस’, मृदुला केसी ‘मस्ट फ्रेण्डली’, स्यारोन गुरुङ ‘मिस कन्जिनियालिटी’, रबिना भण्डारी ‘फेसन आइकन’, रोजिना श्रेष्ठ ‘मस्ट एक्टिभ’ र ‘मस्ट पोजिटिभ एटिच्युड’, प्रीति राई ‘सोसियल वेलफर एम्बेसडर’, प्रकृति थापा ‘बेस्ट सिंगर’, सरु धिमाल ‘बेस्ट डान्सर’ र आयुषा खड्का ‘मस्ट क्रियटिभ’ भएका छन् ।

प्रकाशित: १ असार २०७५ ०५:२३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App