८ वैशाख २०८१ शनिबार
समाज

मसाल जुलुसमा प्रहरीको लाठी चार्ज, दुवै पक्षका केही घाइते

रामेछाप– पछिल्लो समय सरकारले गरेको पेट्रोलियम पदार्थमा गरेको मूल्य बृद्धि सिन्धुलीमा भएको यातायात अबरोधको विरोध गर्दै नेपाल विद्यार्थी संघ रामेछापले विहीबार साँझ सदरमुकाम मन्थलीमा निकालेको मसाल जुलुसमा दोहोरो झडप हुदा विद्यार्थी विद्यार्थी सहित केही कांग्रेस नेता तथा केही प्रहरी समेत घाइते भएका छन्। 

मन्थलीकै बीपी चोकबाट निकालिएको मसालसहितको जुलुस देवकोटा चोकमा पुगेपछि प्रहरीले जुलुसलाई अगाडि बढ्न रोकेपछि विद्यार्थीहरुले आक्रोशित हुँदै प्रहरीकाविरुद्ध नाराबाजी समेत गरेका थिए। विद्यार्थीको जुलुसमा जिल्लास्तरीय नेताहरु पनि अग्रपंक्तिमा रहेर विद्यार्थीलाई आक्रोशित नबन्न आग्रह गरिरहेको बेला सशस्त्र प्रहरीका निरीक्षकले फोटो खिचिरहेको बेला किन फोटो खिचेको भन्दा आक्रोशित बनेका विद्यार्थीले एक्कासी बालेको मुक्काले प्रहरीलाई हानेर भिड आक्रोशित बनेपछि प्रहरीले लाठी चार्ज गरेका थिए।

प्रहरीले लाठी चार्ज गरेपछि विद्यार्थीहरु भागेपछि प्रहरीलेपछि लाइनमा नेतृत्व गरिरहेका नेताहरुलाई छानी छानी लाठी हानेका थिए। 
प्रहरीले हानेको लाठीबाट नेपाली कांग्रेस रामेछापका क्षेत्रीय सभापति बिनोद कार्की गम्भीर घाइते भएका छन्। अन्य नेता तथा विद्यार्थीहरु समेत घाइते भएको बताइएको छ। कार्कीको तामाकोशी सहकारी अस्पतालमा उपचारमा भइरहेको छ। प्रहरीको लाठी टाउको लागेकाले थप परीक्षणका लागि काठमाडौ जानुपर्ने हुनसक्ने तामाकोशी सहकारी अस्पतालका निर्देशक सुमन कर्माचार्यले जानकारी दिए। 

प्रहरीले लाठी चार्ज गरेपछि भागेका विद्यार्थीले सडकको दायाँबायाँ लागेर प्रहरीलाई लक्षित गरी ढुंगामुढा प्रहार गरेपछि प्रहरी आक्रोशित बनेर अन्धाधुन्ध लाठी हान्दा मसाल जुलुस हेरेर बसेका सर्वसाधारणले समेत प्रहरीको कुटाइ खाएका थिए। विद्यार्थीले निकालेको  मसाल जुलुससँगै विद्यार्थीहरुले एकोहोरो शंख बजाएर प्रधामन्त्रीको दाह संस्कारका रुपमा मसालका मुक्का एकै ठाउँमा राखेर दाहसंस्कार गरेको अभिनय गरेका थिए। विद्यार्थीको प्रहारबाट जिल्ला प्रहरी कार्यालय रामेछापका निरीक्षक राजेन्द्र थापासहित केही प्रहरी समेत घाइते भएका छन्।  

प्रकाशित: ३१ जेष्ठ २०७५ १६:२८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App