८ वैशाख २०८१ शनिबार
राजनीति

यस्ता छन् मन्त्रिपरिषदका ९ निर्णय

काठमाडौं– सरकारले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्यसञ्चालन नियमावली २०७५ पारित गर्न असार २० गते दुबै सदनको संयुक्त बैठक बोलाउने निर्णय गरेको छ।

विहीबार अबेर रातिसम्म बसेको मन्त्रिपरिषद बैठकले संघीय संसदको संयुक्त बैठक गर्ने प्रयोजनका लागि संघीय संसदको दुबै सदनको संयुक्त बैठक असार २० गते अपराह्न ४ बजे अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ वानेश्वरमा बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए। 

उनका अनुसार बैठकले नेपाल टेलिभिजनको अध्यक्षमा नेपाल पत्रकार महासंघका पूर्वसभापति डा महेन्द्र विष्टलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै, राष्ट्रिय समाचार समितिको अध्यक्षमा हरिहर अधिकारीलाई नियुक्त गरेको छ।

त्यस्तै, नेपालको तर्फबाट एसियाली विकास बैंकको वैकल्पिक निर्देशक पदमा मनिलामा कार्यरत डा. सोमलाल सुवेदीलाई सो पदबाट फिर्ता गरी सो स्थानमा अर्थ मन्त्रालयका सहसचिव रामशरण पुडासैनीलाई मनोनयन गर्ने निर्णय पनि बैठकले गरेकाे छ।

प्रकाशित: ३१ जेष्ठ २०७५ १५:२६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App