coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

फिदिममा प्रधामन्त्रीको पुत्ला दहन

पाँचथर – मूल्य वृद्धिको विरोध गर्दै नेपाली कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघले पाँचथर सदरमुकाम फिदिममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ।  संघले स्थानीय लोकतन्त्र चोकमा ओलीको दुईवटा पुत्ला दहन गरेको हो।

पुत्ला दहनपछि मात्र पुगेको प्रहरीको टोलीले पुत्ला जलाएर नाराबाजी गरिरहेका नेविसंघका दुई नेतालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा संघका जिल्ला कार्यसमिति सचिव धनकुमार लावती र पाँचथर बहुमुखी क्याम्पसका इकाई उपसभापति मोतिहाङ केरुङ रहेका छन्।

गणतन्त्र चोकमा पुत्ला जलाउने पूर्व निर्धारित कार्यक्रम रहेपनि नेपाल प्रहरी र सशस्त्र प्रहरी ठूलो संख्यामा तैनाथ भएपछि विद्यार्थीले लोकतन्त्र चोकमा पुत्ला जलाएका हुन। बजारमा दिउँसोदेखि सुरक्षा व्यवस्था कडा बनाईएको थियो। आफ्ना कार्यकर्ता पक्राउ परेको विरोध जनाउँदै नेवि संघले गणतन्त्र चोकमा कोण सभाको आयोजना गरेको छ।

कोणसभालाई सम्बोधन गर्दै नेताहरूले तत्काल कार्यकर्ता रिहाई नगरे तथा मूल्य वृद्धि फिर्ता नलिए कडा अन्दोलन गर्ने चेतावनी दिएका छन्। पाँचथरका प्रहरी प्रमुख डिएसपी बामदेव गौतमले भने कार्यकर्तालाई नियन्त्रणमा नलिएको दाबी गरेका छन्। 

 

प्रकाशित: ३१ जेष्ठ २०७५ १४:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App