"

मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न सत्तारुढ विद्यार्थी संगठनको माग

बिहिबार, ३१ जेठ २०७५, १७ : ०० नागरिक


काठमाडौं – सत्तारुढ दल निकट विद्यार्थी संगठन अनेरास्ववियु र अनेरास्ववियु (क्रान्तिकारी) ले मूल्य वृद्धि र मंहगी नियन्त्रण गर्न माग गरेका छन्। बिहीबार बागबजारमा बसेको दुई विद्यार्थी संगठनको बैठकले मूल्य वृद्धि तथा मंहगी नियन्त्रण सहित सरकार समक्ष ८ बुँदे माग राखेको छ। 

बैठकपछि अनेरास्ववियुका अध्यक्ष नबिना लामा र क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङद्वारा जारी विज्ञप्तीमा माग पूरा नभए कडा संघर्षका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी दिइएको छ।

यस्ता छन् ८ बुँदे मागः
१) पेट्रोलियम पदार्थको मुल्यवृद्धि अविलम्ब फिर्ता गर्न सरकार र नेपाल आयल निगमको गम्भीर ध्यानाकर्षण गराउँदछौं। यससँगै सरकारलाई पेट्रोलियम पदार्थमा तोकिएको करको दर घटाउन र नेपाल आयल निगमको अनावश्यक फजुल खर्च र चुहावट रोक्न माग गर्दछौं।

२) विगतमा रातो र निलो गरी दुई खालका सिलिन्डर बनाई रातो सिलिन्डरलाई सहुलियतपूर्ण दरमा वितरण गर्ने विद्यार्थी संगठनसँगको सम्झौता अविलम्ब कार्यान्वयन गर्न सम्बन्धित निकाय समक्ष जोडदार माग गर्दछौं।

३) विद्यार्थीलाई शैक्षिक प्रमाणपत्रको आधारमा ऋण प्रदान गर्ने बजेटको व्यवस्थालाई स्वागत गर्दै त्यसलाई ठोस कार्यविधि बनाई अबिलम्ब कार्यान्वयन गर्न अर्थ मन्त्रालय लगायतका सबै सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदछौं। साथै उक्त ऋणमा व्यवस्था गरिएको ५ प्रतिशत व्याजको विद्यमान प्रावधान खारेज गरी विद्यार्थी आन्दोलनको माग अनुसार विना व्याज शैक्षिक ऋण उपलब्ध गराउन माग गर्दछौं। 

४) संविधानको धारा ३१ को उपधारा १ र २ बमोजिम शिक्षामा सबैको पहुँच स्थापित गर्न र विद्यालय तहको शिक्षा निःशुल्क बनाउने प्रावधान कार्यान्वयनका लागि शिक्षामा छुट्याइएको बजेट अपर्याप्त रहेकाले २० प्रतिशत बजेट छुट्याउन पुनश्चः विशेष माग गर्दछौं। 

५) ‘संस्थागत विद्यालय शुल्क मापदण्ड निर्देशिका २०७२’ कार्यान्वयन गर्न र बढाइएको शुल्क फिर्ता गर्न विद्यार्थी संगठन र शिक्षा मन्त्रालयबिच भएको सहमति कार्यान्वयनमा देखाइएको उदासिनता प्रति खेद प्रकट गर्दै उक्त सहमतिको अक्षरश कार्यान्वयन गर्न गराउन गम्भीरतापूर्वक ध्यानाकर्षण गराउँदछौं।  

६) मुलुकलाई अनावश्यक आर्थिक भार पर्नेगरी भुतपुर्व विशिष्ठ श्रेणीका पदाधिकारीहरुलाई सुविधा दिनका लागि अघि बढाइएको प्रक्रिया तत्काल रोक्न माग गर्दछौं। 

७) समयमा काम सम्पन्न नगर्ने ठेकेदार र महँगी, कृत्रिम अभाव र कालोबजारी गर्ने व्यापारीलाई कडा कारवाही गर्न सम्बन्धित निकायलाई विशेष ध्यानाकर्षण गराउँदछौँ।
  
८) कानुन संकाय अन्तर्गत नेपाल ल क्याम्पसमा देखिएको भर्ना समस्या समाधान गर्नका लागि अघिल्लो शैक्षिकशत्रकै संख्या बराबरका विद्यार्थीको भर्ना सुनिश्चित हुनेगरी भर्ना प्रक्रिया अगाडि बढाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ। 






यसमा तपाईको मत

अन्य समाचार

घरमा मोर्डन लाइटिंग

घरमा मोर्डन लाइटिंग

सही लाइटिंगको प्रयोगबाट घरलाई मोडर्न र नयाँ रुप दिन सकिन्छ । लाइटिंग मिलेको घर हेर्दामा साह्रै राम्रा हुन्छन । ...

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गाइड

वाशिंग मेसिन खरिद गर्दा ख्याल गर्नुपर्ने थुप्रै कुराहरु हुन्छन् | यस गाइड मार्फत तपाईले आफ्नो परिवारको लागि कस्तो फ्रिज खरिद...

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सम्बन्धि सुरक्षा टिप्स

घरेलु उपकरण सुरक्षित शैलीमा प्रयोग नगर्नाले ठूला ठूला दुर्घटना हुन सक्छ। यी सुझावहरु पालाना गर्नाले यस्तो दुर्घटना न्यून हुन्छ ।

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको हेरचाह कसरी गर्ने?

फ्रिजको औसत आयु १३ वर्ष मानिन्छ | तर यी कुराहरु ध्यानमा राखेर फ्रिजलाई कथित औसत आयुभन्दा धेरै समयसम्म प्रयोग गर्न...

कोइरालालाई नोबेल सम्मान

नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेतीले ‘नोबेल साकोस साहित्य प्रतिष्ठान’द्वारा स्थापित विभिन्न सम्मान तथा पुरस्कारहरू शनिबार स्रष्टाहरुलाई प्रदान गर्नुभयो । ...

‘अब थोरै फिल्ममा काम गर्छु’

‘अब थोरै फिल्ममा काम गर्छु’

कुनै समय अभिनेता दयाहाङ राई अभिनित फिल्म एक महिनामा झण्डै आधा दर्जनको हाराहारीमा रिलिज हुन्थे। ...

यल : फिल्म फेस्टिभल हुने

यल : फिल्म फेस्टिभल हुने

फिल्म तथा वृत्तचित्र निर्माणमा स्वतन्त्र रुपले काम गरिरहेका निर्देशकहरुलाई प्रोत्साहित गर्न ‘यल इन्टरनेसनल इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल(यिफ)’ हुने भएको छ ।...

‘अक्षरदेखि अक्षरसम्म’माथि विमर्श

डा. बद्री पोख्रेलको जीवनदर्शन समेटिएको पुस्तक ‘अक्षरदेखि अक्षरसम्म’ नेपाल प्रज्ञाप्रतिष्ठानका कुलपति श्रीगंगाप्रसाद उप्रेतीले सार्वजनिक गरेका छन् । ...