जाजरकोट - जाजरकोटबाट योजना अलपत्र पार्ने १४ जना ठेकेदारको नाम गृह पठाइएको छ। जिल्लामा सञ्चालित विभिन्न आयोजनाअन्तर्गत निर्माणाधीन सडक, सरकारी भवन, पुल आठ वर्षसम्म अलपत्र पर्दा पनि निर्माण व्यवसायीले सरकारी ताकेता बेवास्ता गरेको प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले बताए। निर्माण सम्पन्न गर्ने सम्झौताको अवधि पूरा हुँदा पनि धेरै निर्माण व्यवसायी बेपत्ता हुने गरेको उनको भनाइ छ। गृहमा पठाइएकामा जिएम कन्सट्रक्सन काठमाडौं, डाँफे विशाला जेभी सुर्खेत, फ्राइन्डस कन्सटक्सन प्रालि काठमाडौं, मालिका निर्माण सेवा एन्ड सप्लायर्स, लोहनी एन्ड ब्रदर्स बाँके, रौताहा कन्सट्रक्सन कम्पनी उदयपुर, लुम्बिनी आशिष जेभी भरतपुर चितवन, सर्वाेद्वार फ्राइन्डस जेभी, मृत सन्जीवनी गल्वा जेभी गल्वा, मैनाचुली सुरुची जेभी सवक मजदुर कन्सट्रक्सन सुर्खेत लगायत छन्।
जिल्लाको शिवालय गाउँपालिकाको मोर्क खोलाको मोटरेबल पुल आठ वर्षदेखि, प्राथमिक स्वास्थ्य केन्द्र दल्लीको भवन पाँच वर्षदेखि, पासागाड खोला पुल चार वर्षदेखि अलपत्र परेका छन्।
प्रकाशित: ३१ जेष्ठ २०७५ १०:४८ बिहीबार