७ वैशाख २०८१ शुक्रबार
समाज

बागलुङको ताराखोलामा जीप दुर्घटना, दुईको मृत्यु

ताराखोला गाउँपालिका अर्गलमा दुर्घटनाग्रस्त जीप। तस्विर : संगम/नागरिक ।

बागलुङ - जिल्लाको ताराखोला गाउँपालिका अन्तर्गत अर्गलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

घुस्मेली काँक्राखोरदेखि ताराखोला गाउँपालिकाको कार्यालय जाँदै गरेको ग १ ज ६०३४ नम्बरको जीप दुर्घटना हुदाँ दुई जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ। दुर्घटनामा परी मृत्यु हुनेहरुमा ताराखोला गाउँपालिका - ३ का वडा सदस्य समेत रहेका २४ वर्षीय हेमन्त घिमिरे र सोही ठाउँका अन्दाजी ५४ वर्षीय हरिराम गिरी रहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रवक्ता डिएसपी विश्वराजसिंह थापाले बताए।  दुर्घटनामा जीपका चालक ताराखोला -३ का डम्बरबहादुर घिमिरे र अन्दाजी ४२ वर्षीय कर्णबहादुर भण्डारी गम्भीर घाईते भएका छन्। घाईतेहरुलाई प्राथमिक उपचार केन्द्र हरिचौरमा ल्याईएको डिएसपी थापाले बताए। जीप मोटरबाटो देखि पाँच/छ सय मिटर तल खसेको स्थानीयले बताएका छन्। दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ।

प्रकाशित: ३१ जेष्ठ २०७५ १०:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App